जन्ताभ्वाईस सम्वाददाता
फागुन , ९ , मंगलबार , २०७९
कटारी / कटारीमा ७ फागुनदेखि जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा वडा नम्बर ५ र २ विजयी भएका छन् । विहान भएको खेलमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई ० का विरुद्ध ३ गोल गर्दै जित हात पारेको हो ।
कटारी ५ का लागि महेन्द्र भुजेल , जगदिश तामाङ र रामदाश कुमरले गोल गरेका थिए । विहानको खेलमा म्यान अफ द म्याच वडा नम्बर ५ का गोल महेन्द्र भुजेल घोषित भए । त्यसैगरी वेलुकाको खेलमा वडा नम्बर १० लाई ० का विरुद्ध १ गोल गर्दै वडा नम्बर २ विजयी भयो ।
वडा नम्बर २ का लागि खेलको पहिलो हाफको २२ औं मिनेटमा रन्जन बुढाथोकीले गोल गरेका थिए । त्यसपछी दुवैटिमले गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच वडा नम्बर १० का गोल रक्षक श्याम श्रेष्ठ घोषित भए ।
जारी प्रतियोगिता आगामी १४ गते सकिनेछ । कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
१४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।भोलि विहानदेखि क्वाटरफाईनलका खेल सुरु हुनेछ । भोलि पहिलो क्वाटरफाईनलमा कटारी ४ र कटारी १२ ले प्रतिष्पर्धा गर्नेछन् ।


जनता भ्वाइस 









