images
images

नमुना मावि मुर्कुचीमा पूर्वबिद्यार्थी समाज गठन

जन्ताभ्वाईस सम्वाददाता
९ फागुन , मंगलबार , २०७९
गाईघाट /बिद्यालयको शैक्षिक जागरणलाई थप मजवुद बनाउन उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित नमुना माध्यमिक बिद्यालयमा पुर्वविद्यार्थी समाज गठन गरिएको छ ।
बिद्यालय परिषरमा सोमबार भएको पुर्वबिद्यार्थीहरुको भेलाले स्थानीय भरत खड्काको नेतृत्वमा पुर्वविद्यार्थी समाज गठन गरेको हो । दुई दशकदेखि सञ्चार क्षेत्रमा कृयाशिल खड्का नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्षसमेत हुनुहुन्छ ।
७ सदस्य रहेको समितिको सहसंयोजकमा सन्तोष मश्राङ्गी मगर र सचिवमा प्रलाद कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा हरीबहादुर आलेमगर, गिता केसी, शंकर रिखाम र लालबहादुर तामाङ्ग (प्रभात) रहेका छन् ।
भेलाले संस्थालाई बैधानिकता दिन प्रमोद घतानीको संयोजकत्वमा पाँच सदस्य बिधान मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा खेमराज कोईराला, बिष्णु खत्री, कृत रायमाझी र रुकुकुमारी खपाङ्गी रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
उहाँका अनुसार बिद्यान मस्यौदा तयार गर्न एक महिना अर्थात चैत्र ९ गतेको समयसिमा तोकिएको छ । बिधान तयार भए लगत्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि संस्थालाई वैद्यानिक ढंगले अघि सारिने अध्यक्ष खड्काले बताउनुभयो ।