images
images

उदयपुर २ को विकास बारे संसद , जिल्ला र पालिका प्रमुख उपप्रमुखवीच अन्र्तकृया

जन्ताभ्वाईस सम्वाददाता
फागुन , ८ , सोमबार , २०७९
कटारी /उदयपुरको क्षेत्र नम्बर २ को विकासबारे कटारीमा जनप्रतिनिधिहरुले अन्र्तकृया गरेका छन् । आज उदयपुर उद्योग वाणिज्य संघको हलमा प्रतिनिधि सभा सदस्य संसद अम्बरबहादुर रायमाझीको सभापतित्वमा अन्र्तकृया गरिएको हो ।
अन्र्तकृयामा जिल्ला समन्वय समिति , तथा ५ स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा संघीय संसद रायमाझीले आ आप्mनो तहको कामलाई एकीकृत गरी क्षेत्रको विकास गर्न अन्र्तकृया आयोजना गरेको बताउनुभयो ।
निर्वाचनका समयमा जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचन पछी सवैले साझा उद्येश्यले क्षेत्रको विकास गर्नुपर्ने रायमाझीको भनाई थियो । कार्यक्रममा वोल्दै कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्दै श्रेष्ठले सडक मार्पmत नै सवै विकास सम्भव हुने भएकाले सडकको विकाससँगै कृषि , शिक्षा तथा स्वास्थ्यको विकासमा जोड दिनुभयो ।
त्यसैगरी ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले पनि सडक नै मूख्य समस्या रहेको बताउनुभयो । वर्षा लाग्ने वित्तिकै सडक संञ्जालबाट पालिकावासीले सास्ती खेप्नुपर्ने बताउँदै विश्कर्माले कटारीसँग सिमा जोडिएको क्षेत्रमा कटारीले पनि सडक मर्मत गरीदिनुपर्ने बताउनुभयो ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले क्षेत्रको विकासमा निस्वार्थ भावले लाग्ने हो भने साथ दिने बताउनुभयो । पार्टी र राजनीतिकरण गरेर छलफल गरिएको हो भने त्यसमा साथ नरहने बताउनुभयो ।
त्यस्तै रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगरले नीतिगत रुपमा अघि बढे विकास सम्भव हुने बताउनुभयो । संघीयतालाई कार्यान्वयन गरी भौगोलिक पूर्वाधारमा मगरले जोड दिनुभयो ।
त्यस्तै उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले छलफल हुनु सकारात्मक भएपनि यसको कार्यन्वयन फितलो हुने बताउनुभयो । कार्यक्रममै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले कटारी घुर्मी सडक बनाउनुपर्ने बताउनुभयो ।
उपमेयर खड्काले सडक , शिक्षा र कृषीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । त्यसैगरी ताप्ली गाउँपालिकाका उपाध्यक्ष धना मगरले पनि कटारी , वेतेनी , माझखर्क , घुर्मी ,कुनाई , कुमलटार , नुनथला , रुपाटार सडक स्तरउन्नती र ताप्ली पोखरीमा पर्यटनको क्षेत्रमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वोल्ने अधिकांस जनप्रतिनिधिहरुले सडकको स्तरउन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका गौरबहादुर विश्वकर्मा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
अन्तरपालिका स्तरीय विकासमा जोड दिंदै संसद रायमाझीले मूख्य उद्येश्य क्षेत्रको विकास रहेको बताउनुभयो । ६ महिनापछी फेरी छलफल गरिने निष्कर्षका साथमा अन्र्तकृया सकिएको थियो ।