जन्ताभ्वाईस सम्वाददाता
फागुन , ८ , सोमबार , २०७९
कटारी / कटारीमा जारी चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको आजको खेलमा वडा नम्बर ३ र १४ विजयी भएका छन् । विहान भएको खेलमा वडा नम्बर ६ लाई टाईपव्रेकरमा ० का विरुद्ध २ गोल गर्दै वडा नम्बर ३ ले विजयी सुरुवात गरेको हो ।
टाईप व्रेकरमा वडा नम्बर ३ का लागि गोपाल लिम्बु र सुरन धामीले गोल गरे । विहानको खेलमा म्यान अफ द म्याच वडा नम्बर ३ का गोल रक्षक रोशन राना घोषित भए । त्यसैगरी वेलुकाको खेलमा वडा नम्बर ९ लाई ० का विरुद्ध २ गोल गर्दै वडा नम्बर १४ विजयी भयो ।
वडा नम्बर १४का लागि खेलको दोस्रो हाफमा हिमाल आले मगर र अन्तिम समयमा दिनेश खप्तरी मगरले गोल गरे । खेलको म्यान अफ द म्याच वडा नम्बर १४ का हिमाल आले मगर घोषित भए ।
हिजोदेखि जारी प्रतियोगिता आगामी १४ गते सकिनेछ । कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता आगामी १४फागुनमा सकिनेछ । १४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।


जनता भ्वाइस 








