तस्बिर सौजन्य सुदिप श्रेष्ठको फेसबुक
जन्ताभ्वाईस सम्वाददाता
६ फागुन, शनिबार , २०७९
कटारी /कटारी बजारको मूख्य भागमा रहेको होटलमा आज विहान आगलागी भएको छ । कटारी , ३ स्थित बजारकै मूख्य भाग भूगोलपार्क नजिकै रहेको हिमगंगा होटलमा भएको आगलागि तत्काल नियन्त्रणमा आएको हो ।
कमल साह संञ्चालित होटलमा भएको आगलागीबाट ५ लाख बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । “विहान आगलागी सुरु भएकाले तत्काल नियन्त्रणमा आयो राति भएको भए बजार नै सखाप हुन्थ्यो ”खड्काले भन्नुभयो ।“होटलको काउण्टरबाट सुरु भएको आगलागिले फ्रिज लगायतका सामग्री जलेका छन् ।”
बजारको मध्यभागबाटै सुरु भएको आगलागी कटारी नगरपालिकाको बारुण यन्त्र , प्रहरी र स्थानीयले तत्काल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । “तत्काल नियन्त्रणमा ल्याउँदा ठूलो क्षति भएन ।”कार्कीले भन्नुभयो ।“बजारकै मूख्यभागबाट आगलागी सुरु भएपनि तुरुन्त नियन्त्रणमा ल्यायौं ।”
बजारकै मूख्य भागमा रहेको होटलबाट भएको आगलागी तत्काल नियन्त्रणमा ल्याउन नसकेको भए बजार नै सखाप हुने जोखिम थियो । विहान भएका कारण सवैले थाहा पाउनासाथ आगो नियन्त्रणमा आएको स्थानीय बताउँछन् । आगलागीको जोखिम बढ्दै गएकाले सचेत हुनु आवश्यक रहेको छ ।


जनता भ्वाइस 








