जन्ताभ्वाईस सम्वाददाता
५ फागुन ,शुक्रबार , २०७९
गाईघाट / नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूव प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । नेपालले अहिलेको राजनीति कुनैपनि वेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभयो ।
नेता नेपालले आज उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा संघीयता र गणतन्त्र समेत धरापमा पर्नसक्ने खतरा उत्पन्न भएको बताउनुभएको हो । नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको बताउनुभयो ।
नेता नेपालले अहिलेको राजनीतिक तरल अवस्थामा रहेकाले जतिवेला पनि र जतापनि मोडिन सक्ने चेतावनी समेत दिनु भयो । नेता नेपालले निर्वाचनका वेला एउटा गठबन्धन हुने र परिणाम आईसकेपछि अर्काे गठबन्धन भएकाले यो अपवित्र गठबन्धनको सरकार अव धेरैदिन टिक्न नसक्ने दावी समेत गर्नु भयो ।
नेता नेपाल मोरङ जिल्लाको लेटाङमा शनिवारदेखि शुरुहुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुदै मोरङ जाने क्रममा उदयपुर आईपुग्नु भएको थियो ।


जनता भ्वाइस 







