images
images

महादेव गुफामा जारी महापुराणमा हालसम्म ३७ लाख संकलन

जन्ताभ्वाईस सम्वाददाता
५ फागुन , शुक्रबार , २०७९
कटारी / कटारी , ३ स्थित ताराघाारीमा रहेको महादेव गुफामा गएको २५ गतेदेखि जारी ११ दिने शिव महापुराणमा सहयोग आउने क्रम बढ्दै गएको छ । महापुराणका लागि आज ९ दिनसम्ममा ३७ लाख बढी रकम सहयोग प्राप्त भएको छ ।
महापुराणमा आउने भक्तजनहरुको संख्यामा पनि वृद्धिहुँदै गएको छ ।‘आजसम्ममा ३७ लाख उठेको छ ।’महापुराणका आर्थिक लेखा समितिका संयोजक मोहन खड्काले भन्नुभयो –‘सहयोगीहरुलाई महापुराणमा आउन आग्रह गरिरहेका छौं ।’
महादेव गुफालाई पर्यटकीय क्षेत्र बनाउनुका साथै विभिन्न संरचना निर्माण गर्ने उद्येश्यले महापुराणको आयोजना गरिएको हो ।
गुफामा कटारी आसपासका विभिन्न भजन किर्तन एकादशी समूहहरु लगायत व्यक्तिहरु आउने र सहयोग गर्ने क्रम जारी रहेको छ । महादेव गुफाको विकासका लागि पुराण आयोजना गरिएको बताउँदै यसमा सहभागी भई कथा श्रवण तथा सहयोग गर्न व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले आग्रह गर्नुभएको छ । पण्डितद्वय रमेश ढुंगाना र उमराज खतिवडा रहने महापुराण आगामी फागुन ७ गतेसम्म संञ्चालन हुनेछ ।
महापुराणमा हालसम्म महापुराणका संयोजक वरिष्ठ अधिवक्ता शम्भु थापाले सवैभन्दा वढी २ लाख ५५ हजार ५ सय ५५ परिवारको तर्पmबाट , त्यसैगरी व्यवसायी समाजसेवी तथा प्रदेश १ का पूर्व मूख्यमन्त्री राजेन्द्र राउतका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले स्व पिता दलबहादुर राउत र स्व माता विष्णु राउतको सम्झनामा २ लाख ११ हजार , गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले १ लाख ११ हजार १ सय ११ , कटारी ३ ताराघारीका याम सुनुवार र श्रीमति गौरीमाया सुनुवारले १ लाख १ हजार १ सय १ आर्थिक सहयोग गरेका छन् ।