images
images

नगरको सहयोगमा जनजाति महासंघ कटारीले निशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने

जन्ताभ्वाईस सम्वाददाता
५ फागुन , शुक्रबार , २०७९
कटारी/ नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीले निशुल्क निशुल्क २ महिने लोकसेवा आयोग तयारी कक्षा संञ्चालन गर्ने भएको छ । कटारी नगरपालिकाको सहयोगमा परिषदले नायव सुब्बा वा सो सरहको लोकसेवा तयारी कक्षा संञ्चालन गर्न लागेको हो ।
आदिवासी जनजाति समुदाय , दलित तथा अन्य विपन्न वर्गका समुदायलाई लक्षित गरी कक्षा संञ्चालन गर्न लागिएको परिषदका अध्यक्ष केदार मगरले बताउनुभयो । ‘आदिवासी जनजाति , दलित तथा विपन्न वर्गकाहरुलाई निजामति क्षेत्रमा पहुँच पुराउन कक्षा संञ्चालन गर्न लागेका हौं ।’अध्यक्ष मगरले भन्नुभयो –‘ईलाका प्रशासन कार्यालय , कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती लगायतका दक्ष अनुभवि प्रशिक्षकहरुबाट कक्षा संञ्चालन गर्न लागेका हौं ।’
कक्षामा सहभागी हुन ईच्छुकले आगामी ७ दिनभित्र महासंघमा आवेदन दिन सक्नेछन् । दरखास्त साथमा नेपाली नागरिकताको छाँयाकपी , पासपोर्ट साईजको फोटो , कक्षा १२ उत्तीर्ण गरेको प्रमाण पत्र र विपन्नको हकमा वडाको सिफारिस आवश्यक हुने पनि परिषदले जनाएको छ ।