जन्ताभ्वाईस सम्वाददाता
बिहिबार , ४ ,फागुन
कटारी/ कुनै समय नेपालमा अवसर नदेखेर वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका थिए कटारी , ५ बर्मजियाका गुरुप्रसाद दाहाल । अहिले भने दाहाल उदाहरणिय व्यक्तित्व बन्दै अन्र्तराष्ट्रिय स्तरका बारटेण्डर तथा वरिष्ठ कफीका संञ्चालक हुनुहुन्छ ।
कटारी स्थित त्रिवेणी माविमा २०६९ सालमा एसएलसी उत्तीर्ण गरेका दाहालको व्यवसायिक यात्रा भने विराटनगरबाट आरम्भ भएको थियो । उच्च शिक्षाका लागि विराटनगर पुग्नुभएका दाहाल अहिले काठमाडौको प्रतिष्पर्धि वातावरणमा सफल व्यवसायी बन्दै जानुभएको छ ।
काममा लाज नमानौं , स्वदेशमै सिप सिकेर मिहिनेत पूवर्क कामलाई सम्मान गरौं भन्ने संस्कारको मनोविज्ञान वोक्नुभएका दाहाल ३ वर्षदेखि कोकटेल एण्ड फेयर एकेडेमी प्रालि संञ्चालन गर्दै आईरहनुभएको छ ।‘बार तथा होटलमा बोतल घुमाउने काम सानो सम्झने हो भने म यो ठाउँमा आईपुग्दिन थिएँ ।’दाहाल भन्नुहुन्छ –‘नयाँ नयाँ काममा सिप सिकेर भविष्य खोजे व्यवसायिक हुन सकिन्छ। ’
युवाहरुलाई रोजगारीको ग्यारेण्टी सहित सिपमुलक तालिमको प्रवन्ध गरिरहनुभएका दाहालले विद्यार्थीहरुलाई नेपालका प्रख्यात पाँचतारे होटल तथा रेष्टुरेण्ट , क्लवहरुमा रोजगारीको प्रवन्ध मिलाउँदै आउनुभएको छ ।‘मेरो प्रशिक्षण पछी बारटेण्डरमा राम्रो रोजगारी गर्दै आउनुभएका छन् ।’दाहालले भन्नुभयो –‘लगनशील भएर काम गर्दा भविष्य बनाउन सकिने रहेछ ।’
दाहालले बारटेण्डरमा प्रशिक्षण दिनुभएका विद्यार्थीहरु अहिले अन्र्तराष्ट्रिय उच्चस्थानमा पर्न सफल भईरहेका छन् । दाहाल अहिलेका चर्चित बारटेण्डर हुनुहुन्छ ।


जनता भ्वाइस 








