images
images

डान्स च्याम्पियन उदयपुरका लागि कटारी अडिसनबाट १२ जना छनौट

जन्ताभ्वाईस सम्वाददाता
२ फागुन , मंगलबार , २०७९
कटारी /उदयपुर जिल्ला स्तरीय डान्स च्याम्पियन उदयपुर २०७९ को पहिलो अडिसन सोमबार कटारीमा सम्पन्न भएको छ । कटारीमा सम्पन्न अडिसनबाट कटारीका १२ जना मेघाराउण्डमा प्रवेश गरेका छन् ।
नृत्य कलामा रुचि भएकाहरुको कलालाई थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्येश्यले डान्स च्याम्यिनको अडिसन सुरु गरिएको आयोजक उदयपुर डान्स स्टुडियो वेल्टारले जनाएको छ । उदयपुर मिडिया हवद्वारा संञ्चालित डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीका अनुसार च्याम्यिनका विजेताले नगद ५० हजार पुरस्कारका साथमा , मेडल , ट्रफी ,प्रमाण पत्र ,म्युजिक भिडियोमा खेल्ने अवसर , छात्रवृत्तीमा मेकअप कक्षा , निशुल्क नृत्य कक्षा तथा आकर्षक गिप्mट ह्याम्पर लगायतका पुरस्कारहरु हात पार्नेछन् । प्रतियोगितका लागि जिल्लाका विभिन्न स्थानमा अडिसनको आयोजना गरिएको छ ।
आयोजकका अनुसार अव नेपालटारमा ६ , मुर्कुचीमा ७ , गाईघाटमा ९ , रामपुरमा १२ र वेल्टारमा फागुन १३ गते अडिसन लिईने छ । जिल्लामा प्रतिभाको खोजिका लागि च्याम्पियनको सुरु गरिएको हो ।