images
images

महादेव गुफामा जारी पुराणमा सहयोग गर्ने क्रम बढ्दै

जन्ताभ्वाईस सम्वाददाता
२८ माघ , शनिबार , २०७९
कटारी / कटारी , ३ स्थित ताराघाारीमा रहेको महादेव गुफामा गएको २५ गतेदेखि जारी ११ दिने शिव महापुराणमा सहयोग आउने क्रम बढ्दै गएको छ । महापुराणका लागि आउने भक्तजनहरुको संख्यामा पनि वृद्धिहुँदै गएको छ ।
महादेव गुफालाई पर्यटकीय क्षेत्र बनाउनुका साथै विभिन्न संरचना निर्माण गर्ने उद्येश्यले महापुराणको आयोजना गरिएको हो । महापुरााणमा शनिबार दिउँसो १ बजे सम्ममा ७ लाख ४७ हजार बढी रकम सहयोग संकलन भईसकेको महापुराणको आर्थिक लेखा समितिले जनाएको छ ।
गुफामा कटारी आसपासका विभिन्न भजन किर्तन एकादशी समूहहरु लगायत व्यक्तिहरु आउने र सहयोग गर्ने क्रम जारी रहेको छ । महादेव गुफाको विकासका लागि पुराण आयोजना गरिएको बताउँदै यसमा सहभागी भई कथा श्रवण तथा सहयोग गर्न व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले आग्रह गर्नुभएको छ । पण्डितद्वय रमेश ढुंगाना र उमराज खतिवडा रहने महापुराण आगामी फागुन ७ गतेसम्म संञ्चालन हुनेछ ।