जन्ताभ्वाईस सम्वाददाता
२६ माघ , विहिबार , २०७९
कटारी / कटारी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार देखि सुरु प्रतियोगिताको आज समापन गर्दै विजेताहरुलाई शिल्ड , मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
कटारी नगरभरिका ३१ विद्यालयका छात्र तथा छात्राहरुले प्रतिष्पर्धा गरेको प्रतियोगितामा १७ स्वर्ण , ४ रजत र ९ कास्य गरी ३० पदक सहित त्रिवेणी मावि कटारी ४ ले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी ९ स्वर्ण , ७ रजत र ४ कास्य सहित २० पदक प्राप्त गर्दै सगरमाथा ईङ्लिस वोर्डिङ्ग कटारी ३ ले दोस्रो स्थान हासिल गर्दा ६ स्वर्ण , ६ रजत र ५ कास्य गरी जम्मा १७ पदक हात पार्दै मावि गुराँसे कटारी २ ले तेस्रो स्थान हासिल गरेको छ ।
प्रथम स्थान हासिल गर्दै त्रिवेणी माविले यसपटकको रनिङ्ग शिल्ड समेत जितेको छ । विजेता विद्यालय , विद्यार्थी खेलाडीहरु , निर्णायकहरु तथा सहभागी विद्यालयहरुलाई नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ ,उपमेयर गिता खड्काले शिल्ड , मेडल तथा प्रमाण पत्रि वितरण गरेका थिए ।
कटारी नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन गर्दै कटारी नगरपालिकाका शिक्षा शाखा प्रमुख कुमार प्रसाद दाहालले आगामी दिनमा अझ प्रतियोगितालाई थप मर्यादित बनाउँदै लैजाने बताउनुभयो । विजेता विद्यालयहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा जित हात पार्नेगरी तयारी गर्न पनि प्रमुख दाहालले बताउनुभयो ।
नगरपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति सूर्य कार्कीका अनुसार भलिवल , कवड्डी , एथलेटिक्स , मार्सल आर्ट , र ऐच्छिक तर्पm रग्वी विधामा छात्र तथा छात्राहरुले प्रतिष्पर्धा गरेका थिए ।


जनता भ्वाइस 











