images
images

महादेव गुफाको प्रचार प्रसारका लागि ज्योति विकास वैंक कटारीद्वारा वोर्ड सहयोग

जन्ताभ्वाईस सम्वाददाता
२६ माघ , विहिबार , २०७९
कटारी / कटारी , ३ स्थित महादेव गुफाको प्रचार प्रसारका लागि कटारी स्थित ज्योति विकास वैंकले २ वटा साईन बोर्ड सहयोग गरेको छ । महादेव गुफा सम्वन्धि जानकारी लगायत स्वगत वोर्डहरु सहयोग गरेको हो ।
वैंकका कटारी शाखा प्रवन्धक राम आचार्यले वैंकले गर्ने सामाजिक कार्य अन्र्तगत वोर्ड सहयोग गरेको वताउनुभयो । कटारी नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र महादेव गुफाको महापुराणको अवसरमा २ वटा वोर्ड सहयोग गरेको र अभैm ३ वटा विभिन्न स्थानमा राख्ने वोर्डहरु सहयोग गर्ने पनि प्रवन्धक आचार्यले बताउनुभयो ।
देशैभरी वैंकले सामाजिक कार्यहरु गरिरहेको बताउँदै नगरको सामाजिक तथा धार्मिक क्षेत्रमा टेवा पुगोस भन्ने उद्येश्यले वार्ड सहयोग गरेको पनि वैंकले जनाएको छ ।वोर्ड सहयोग गरेकोमा गुफा व्यवस्थापन समितिले वैंकलाई धन्यवाद दिएको छ ।