images
images

‘बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार’ पत्रकार तुलसीप्रसाद कोईरालालाई प्रदान

जन्ताभ्वाईस सम्वाददाता
२२ माघ , आईतबार , २०७९
गाईघाट/ प्रेस चौतारी नेपाल उदयपुरले स्थापना गरेको बैकुण्ठ–उषा पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसीप्रसाद कोईराला पुरस्कृत हुनुभएको छ । २५ औँ स्थापना दिवसको अवसरमा आज सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार कोईराला पुरस्कृत हुनुभएको हो । संगठनले आज नै एक लाख राशीको उक्त पुरस्कार स्थापना गरी कोईरालालाई पुरस्कृत गरेको अध्यक्ष पुरुषोतम सापकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘दाताले प्रदान गर्नु भएको एक लाख दश हजार ५१ रुपैँया मध्ये दश हजार ५१ रुपैया पुरस्कार दिएका छौ, बाँकी रकम मुद्दती खातामा जम्मा गरिएको छ ।’ जम्मा भएको रकरमबाट आएको व्याजले बर्षेनी एक जना कृयाशिल पत्रकारलाई पुरस्कार गरिने उहाँले बताउनुभयो ।
‘साँवा रकम खर्च गर्न नपाउने गरी कोषको स्थापना गरेका हौ ’ दाता बैकुण्ठ दाहालले भन्नुभयो ‘व्याँजको रकम पनि पत्रकारिता पुरस्कार भन्दा वाहेक खर्च गर्न पाईन्न, कृयाशिलताका आधारमा साँवा रकमलाई थप गरिने छ ।’
चौतारीले स्थापना दिवसको अवसरमा पुरस्कार राशी घोषणा र वितरणसँगै बालबालिकालाई पत्रकारितामा रुची जगाउन बालभित्रे पत्रिका प्रकाशन सम्बन्धि अनुशिक्षणको आयोजना गरेको छ । सदरमुकाम गाईघाटस्थित निजी बिद्यालयहरुसँगको समन्वयमा प्रत्येक बिद्यालयबाट दुई जना सहभागि रहने गरी एक दिने अनुशिक्षणको आयोजना गरेको सचिब राकेश नेपालीले जानकारी दिनुभयो ।
दुबै कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री मन्जुकुमारी चौधरीले जनताको आवाज वुलन्द गर्ने निकाय भनेकै प्रेस जगत भएकाले एमाले मिडियामैत्री पार्टी भएको बताउनुभयो ।
त्यसैगरी केन्द्रिय सदस्य तथा उदयपुर जिल्लाका सहइन्र्चाज अम्बिका थापाले मुलुक परिवर्तनका लागि संचार क्षेत्रको उल्लेखिय योगदान रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सचिब तथा चौदण्डिगढी नगरपालिकाका प्रमुख कालुमान लामा, पुर्वप्रेस चौतारीका उपाध्यक्ष कुशलबाबु बस्नेत, प्रेस चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज रेणु पराजुलीले बोलेका थिए । सोही अवसरमा नेपाल पे्रस युनियन परित्याग गरी प्रेस चौतारी नेपालमा प्रवेश गर्नु हुने क्रियाशिल पत्रकार अन्जनीकुमार अधिकारीलाई स्वागत गरिएको थियो ।