images
images

कटारी नगरपालिकाको दशौं नगर सभा सम्पन्न

जन्ताभ्वाईस सम्वाददाता
२१ माघ , शनिबार , २०७९
कटारी / कटारी नगरपालिकाले दशौं नगर सभा शुक्रबार सम्पन्न गरेको छ । सम्पन्न नगरसभाबारे प्रेस विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २९ दशमलव २८ प्रतिशत वित्तिय प्रगति गरेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी भौतिक प्रगति ४२ प्रतिशत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल सम्म नगरको कुल खर्चमा आर्थिक विकासमा ११ दशमलव ७५ प्रतिशत , सामाजिक विकासमा ३५ दशमलव ३५ प्रतिशत , पूर्वाधार विकासमा १४ दशमलव ४ प्रतिशत , प्रशासनिक तथा कार्यालय संञ्चालनमा ३२ दशमलव ७ प्रतिशत , र शुसासन तथा संस्थागत सुधारमा १९ दशमलव ७ प्रतिशत खर्च भएको छ ।
नवौ नगरसभाले ७६करोड ४२ लाख ६२ हजार ५ सय ५० स्वीकृत गरेकोमा दशौं नगरसभाले संशोधन सहित ८१ करोड ४८ लाख ८३ हजार २ सय ८७ रुपैंया ३० पैसाको बजेट स्वीकृत गरेको छ । नगरपालिकाका प्रवक्ता प्रेमबहादुर क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार नगरको २२ वटा शाखाले स्वीकृत गरेको ७ सय ३५ कार्यक्रममध्ये २ सय ५९ वटा सम्पन्न गरेको र १ सय ३२ वटा संञ्चालनमा रहेको उल्लेख गरिएको छ ।
नगर सभामा उपप्रमुख गिता खड्काले हालसम्मको आय व्यय सार्वजनिक गर्नुभएको थियो । विभिन्न समितिका संयोजकहरुले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका समस्या तथा गुनासोहरुको प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , उपमेयर खड्का तथा मेयर राजेशचन्द्र श्रेष्ठले सम्वोधन गरेका थिए ।