images
images

चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने

फायल फोटो
जन्ताभ्वाईस सम्वाददाता
२० माघ , शुक्रबार , २०७९
कटारी / चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता आगामी फागुन ७ गतेदेखि हुने भएको छ । नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रजातन्त्र दिवशको अवसर पारेर प्रतियोगिताको तयारी गरिएको समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो ।
प्रतियोगिताका लागि मैदान सरसफाई तथा अन्य तयारीलाई तिव्रता दिएको बताउँदै अध्यक्ष लामाले व्यवस्थित किसिमले खेलकुदको कार्यक्रम गर्न समिति लागि परेको बताउनुभयो । समितिले पूर्णता पाएसँगै प्रतियोगिताको तयारी गरिएको हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । त्यसैगरी उत्कृष्ट खेलाडी , गोलरक्षक , सर्वाधिक गोलकर्ता , उदयमान खेलाडीलाई प्रमाण पत्र र मेडलका साथमा नगद २हजार५ सय प्रदान गरिनेछ ।
समितिका अनुसार म्यान अफ द म्याचलाई मेडल , प्रमाण पत्र र जर्सी सहित एकहजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरु वडाको भएको सिफारिस सहित आगामी २९ माघ भित्रमा टिम दर्ता गरिसक्नु पर्ने छ ।