जन्ताभ्वाईस सम्वददाता
२० माघ , शुक्रबार , २०७९
गाईघाट / प्रदेश नम्बर १ का उपसभामुख सृजना दनुवारले सबैको भावनालाई कदर गरी चाँडै नै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ । जाल्पा एकिकृत विकास समाजको सहयोगमा गैरसरकारी संस्था महासंघ उदयपुरले आयोजना गरेको ‘सामाजिक संस्थाको वर्तमान अवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले नामाकरण जस्तो संम्बेदनशिल बिषय हचुवाको भरमा नहुे स्पष्ट पार्नुभयो ।
‘नामाकरण कसैको लहड र हचुवाको भरमा हुँदैन्, उहाँले भन्नुभयो्, ‘वृहद छलफल गरी सबैले अपनत्व लिने गरी टुङ्गयाईने छ, तर त्यो छिट्टै सुन्न पाउनु हुनेछ ।’ कार्यक्रमको विषयबस्तु तर्फ केन्द्रित हुँदै उहाँले भन्नुभयो ्, ‘गैरसरकारी संस्थालाई संघीयताको मोडेल अनुरुप पुनःसंरचना गर्ने तयारी भईरहेको छ ।’
‘सामाजिक विकास ऐन बनाउने क्रममा छौ,’ उहाँले भन्नुभयो, ‘त्यसमा तपाईहरुले अहिले दिएको सुझाबका आधारमा संघीयताको स्वरुप अनुसार जहाँ कार्यक्षेत्र रहने हो उक्त संस्था त्यहीँ दर्ता गर्ने व्यवस्थाका लागि पहल गर्छु ।’ उपसभामुख दनुवारले संस्था दर्ता ऐन २०३४ प्रतिस्थापन नहुदाँ केही समस्या आएको स्वीकार गर्दै चाडै नै संस्था दर्ता ऐनको सट्टा सामाजिक विकास ऐन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
गृहजिल्लाको विकासको सन्र्दभमा उहाँले सांस्कृति परम्परा र ऐतिहासिक महत्व वोकेका वाहेक घरआँगनमा मठमन्दिर बनाएर वजेट प्रभावित नपार्न आग्रह गर्नुभयो । उपसभामुख दनुवारले भन्नुभयो्, ‘सबैले आफ्ना घरभित्रका मन्दिरमा देविदेवता पुजैकै छन, वाहिर अनावश्यकरुपमा मन्दिर बनाएर विकास निर्माणलाई प्रभावित नवनाउनुस ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले राज्यको उपस्थिति नभएको ठाउँमा संघसंस्थाले विकास निर्माण र सवलीकरणका क्षेत्रमा योगदान पुर्याएको बताउनुभयो । त्यसैगरी त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले समाज परिवर्तनका लागि ज्यानको जोखिम मोलेर अभियानमा दौडिएका अभियन्ता र सामाजिक संघसंस्थासँग समन्वय गरी कार्यक्रम गाउँबस्तिमा पुर्याईने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गैरसरकारी संस्था सरकारको समानन्तर नभई सहयोगी संस्था भएकाले सहकार्य गर्दै अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारको एकल प्रयासबाट मात्र परिवर्तन सम्भव नभएकाले सामाजिक संघसंस्थाको सहकार्यमा अभियानहरु सञ्चालन गरिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, गैरसरकारी संस्था महासंघका प्रदेश उपसचिब सुमन परियार, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेल लगायतका अन्य सरोकारवाला निकायहरुले बदँलिदो अवस्थमा गैरसरकारी संस्थाको भुमिका बदलिएकोले सोही बमोजिम काम गर्नु पर्ने सुझाब दिए ।


जनता भ्वाइस 







