images
images

डान्स च्याम्पियन उदयपुर २०७९ हुने

जन्ताभ्वाईस सम्वाददाता
१९ माघ , बिहिवार , २०७९
कटारी / उदयपुर जिल्ला स्तरीय डान्स च्याम्पियन उदयपुर २०७९ हुने भएको छ । नृत्य कलामा रुचि भएकाहरुको कलालाई थप प्रोत्साहनका साथै उत्प्रेरणा जगाउने उद्येश्यले डान्स च्याम्यिनको आयोजनाको तयारी गरिएको आयोजक उदयपुर डान्स स्टुडियो वेल्टारले जनाएको छ ।
उदयपुर मिडिया हवद्वारा संञ्चालित डान्स स्टुडियोका प्रोपाईटर तथा कोरियोग्राफर प्रमेजंग किरातीका अनुसार च्याम्यिनका विजेताले नगद पुरस्कारका साथमा , मेडल , ट्रफी ,प्रमाण पत्र ,म्युजिक भिडियोमा खेल्ने अवसर , छात्रवृत्तीमा मेकअप कक्षा , निशुल्क नृत्य कक्षा तथा आकर्षक गिप्mट ह्याम्पर लगायतका पुरस्कारहरु हात पार्नेछन् । प्रतियोगितका लागि जिल्लाका विभिन्न स्थानमा अडिसनको तयारी गरिएको छ ।
आयोजकका अनुसार कटारीमा आगामी फागुन १ , नेपालटारमा ६ , मुर्कुचीमा ७ , गाईघाटमा ९ , रामपुरमा १२ र वेल्टारमा फागुन १३ गते अडिसन लिईने छ । अडिसन राउण्डबाट अघिल्लो चरणका प्रतिष्पर्धाहरु अघि बढ्ने आयोजकले जनाएको छ । जिल्लामा प्रतिभाको खोजिका लागि च्याम्पियनको तयारी गरिएको आयोजकले जनाएको छ ।