जन्ताभ्वाईस सम्वाददाता
१७ माघ , मंगलबार , २०७९
कटारी /कटारी ३ स्थित महादेव गुफामा आगामी माघ २५ देखि फागुन ७ गतेसम्म आयोजना गरिने शिव महापुराणको तयारी भईरहेको छ । गुफा परिसरमा मन्दिर निर्माण व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवद्धृन गर्ने उद्येश्यले महापुराणको आयोजना गरिने भएको हो ।
महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारका अनुसार महापुराणका लागि यस अघि गठित विभिन्न समिति तथा उपसमितहरुबाट तयारीलाई तिव्रता दिईएको छ । पुराणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
माघ २५ मा कलश यात्रा सहित समूदघाटन गरी महापुरणको सुरुवात गरिने समितिका सचिव रोशन श्रेष्ठले बताउनुभयो । पण्डितद्वय रमेश ढुंगाना र उमराज खतिवडा रहने महापुराणका लागि अहिले प्रचार प्रसार तथा निमन्त्रणा वितरण लगायतको आवश्यक तयारी भईरहेको छ ।
समितिले महादेव गुफाको प्रचार प्रसार तथा विकास र पर्यटनको विकासका लागि महापुराणमा सहभागी हुन सवैलाई आग्रह समेत गरिरहेको छ । महापुराणका लागि मूल समारोह समितिको संयोजकमा शम्भु थापा र सह संयोजकमा शंकर कटुवाललाई रहेका छन् ।


जनता भ्वाइस 







