images
images

दुधौली ६ मा नदीमा विष हाले , मदिरा सेवन गरे र तास जुवा खेले नगद सहित कार्वाही गरिने

जन्ताभ्वाईस सम्वाददाता
१६, माघ ,सोमबार, २०७९
दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ६ ले कमला नदीमा विषहाले कार्वाही गर्ने भएको छ । वडाको जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुको वैठकले गरेको निर्णय अनुसार वडाभित्रका नदी क्षेत्रमा विष हालेको पाईएमा नगद ७ हजार ५ सय र कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।
आज एक सुचना जारी गर्दै वडाले वडा भित्र मदिरा सेवन गरी कसैलाई असर पुराएमा २ हजार ५ सय जरिवाना र कानुन बमोजिम कार्वाही गर्ने जानकारी गराईएको छ । त्यसैगरी वडाभित्र तास जुवा खेलिएको भेटिएमा ५० वर्ष माथिकालाई २ हजार ५ सय र ५० वर्ष भन्दा मुनिकालाई ५ हजार जरिवाना गरी कानुनी कार्वाही अघि बढाउने निर्णय भएको छ ।
वडाका वडाध्यक्ष कमानसिंह आले मगर , कार्यपालिका सदस्य अतिमाया मोक्तान ,वडासदस्यहरु प्रेमबहादुर लामा , वनु कुमर , र सन्सरीमाया दमाई हस्ताक्षरित सुचनामा कार्वाहीको बारेमा जानकारी गराईएको हो ।