जन्ताभ्वाईस सम्वाददाता
१३ माघ ,शुक्रबार , २०७९
कटारी / उदयपुर उद्योग वाणिज्य संघ कटारीले आज एक शोक विज्ञप्ति जारी गर्दै ईलामको सूर्यौदयन नगरपालिकाका व्यवसायी प्रेम प्रसाद आचार्यले गरेको आत्मदाहको घटनाले स्तब्ध बनाएको जनाएको छ । संघले विज्ञप्ति निकाल्दै संसद भवन अगाडी ंआचार्यले गरेको यो घटनाले सम्पूर्ण व्यवसायीहरुलाई पीडा दिएको जनाएको छ ।
संघका कार्यवाहक अध्यक्ष अरुण कुमार साह हस्ताक्षरित विज्ञप्तिमा यो एउटा घटना मात्र नभई अव्यवहारिक नीति निर्माण गर्ने सरकारको अनुहारमा कहिले पनि नमेटिने दाग लागेको उल्लेख गरिएको छ ।देशका व्यवसायीहरुले अस्विकार्य पाईला चाल्नुपर्ने वाध्यता वन्दै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


जनता भ्वाइस 








