जन्ताभ्वाईस सम्वाददाता
१३ माघ ,शुक्रबार , २०७९
गाईघाट / उदयपुर जिल्लामा साहित्य तथा कला प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य तथा कला सम्बन्धि काम गर्ने उद्येश्यले उदयपुर साहित्य कला प्रतिष्ठान गठन गरिएको हो ।
डा.कैलाश राईको अध्यक्षतामा गठिन प्रतिष्ठानको एक कार्यक्रमकावीच उदघाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटमा गरिएको एक कार्यक्रम वोल्दै प्रमुख अतिथि भाषा आयोगका सदस्य प्राज्ञ मातृका पोखरेलले प्रतिष्ठानले गर्नुपर्ने धेरै कामहरु भएकाले यसको चुनौतीलाई पार गर्दै कृयाशिल हुन आग्रह गर्नुभयो ।
संस्थालाई मूल्यवान बनाउँदै जिल्लाको वाङ्मयको काम गर्नुपर्ने पनि प्रमुख अतिथि पोखरेलले बताउनुभयो । कार्यक्रममा वोल्दै प्रतिष्ठानका अध्यक्ष डा.कैलाश राईले केन्द्र सरकार भन्दा पनि वाहिर वसेर देशलाई केहि गर्न सक्ने उद्येश्यले प्रतिष्ठान गठन गरिएको बताउनुभयो ।

विकास भन्नु भौतिक निर्माण नभई विकास भनेको साहित्य, कलाको विकास पनि भएके डा.राईले बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका बारेमा जानकारी दिंदै प्रतिषठानका महासचिव माधव पोखरेल ‘गोज्याङ्ग्रे’ले त्रैमासिक पत्रिका प्रकाशन गर्ने , जिल्लामा साहित्य र कलाका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तथा वृहत साहित्यिक महोत्सव गर्ने उद्येश्य रहेको बताउनुभयो ।
प्रतिष्ठानकको उपाध्यक्षमा वाशुदेव उपाध्यय पोखरेल सचिवमा सरिता पौडेल गुरागाई , कोषाध्यक्षमा महेन्द्र कुमार राई रहेका छन् । प्रतिष्ठानमा जिल्लाका ८ वटै पालिकाका साहित्य तथा कलाकर्मीहरु गरी २१ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संस्थागत रुपमा प्रतिष्ठानको उदघाटन गरिएको हो । प्रतिषठानको उदघाटन कार्यक्रममा जिल्लाका साहित्यकारहरुले रचनाहरु पनि सुनाएका थिए ।


जनता भ्वाइस 







