जन्ताभ्वाईस सम्वाददाता
१२ माघ , विहिबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर ४ मा हाम्रो मन्टेश्वरी एण्ड चाईल्ड केयर सेन्टरको स्थापना गरिएको छ । आज सरस्वती पुजाको अवसर पारेर सेन्टरले भर्ना समेत सुरु गरेको छ ।
मन्टेश्वरी विधिबाट पठन पाठन गराईने गरी प्लेगु्रप , नर्सरी , एलकेजी र युकेजी सम्मको वालवालिकाहरुलाई अध्ययन अध्यापन गराईने संञ्चालक सुभाष दनुवारले बताउनुभयो । ‘हामी चार जना युवाहरु मिलेर पहिलो पटक कटारीमा मन्टेश्वरी कक्षा सुरु गरेका हौं ।’दनुवारले भन्नुभयो –‘वालवालिकाहरुको राम्रो हेरचाहका साथै मन्टेश्वरी विधिबाट पठन पाठन गराउनेछौं ।’
वालमैत्री वातावरण , खेल सामाग्रीमा पूर्ण मनोरञ्जन , अडियो भिडियो लगायतका मन्टेश्वरी विधिमा दक्ष सहजकर्ताबाट अध्ययन अध्यापन गराईने गरी कटारीमा पहिलो पटक सेन्टरको स्थापना भएको पनि संञ्चालक दनुवारले बताउनुभयो ।


जनता भ्वाइस 








