जन्ताभ्वाईस सम्वाददाता
११ माघ , बुधंबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुविन ढुँगानाले आज आप्mनो जन्मदिनको अवसरमा एक विपन्न परिवारलाई लत्ताकपडा दिनुभएको छ । जन्मदिनको अवसर पारेर वडाध्यक्ष ढुंगानाले वडाका फरक क्षमता भएका विपन्न परिवारका शुक्र माझीको परिवारलाई लत्ताकपडा दिनुभएको हो ।
वडाध्यक्ष ढुंगानाले माझीको दृष्टिविहिन श्रीमति र दुई छोरीलांई न्यानो लगाउने कपडा र ओढ्ने व्ल्याँकेट दिनुभएको हो । माझी निवासमै पुगेर ढुंगानाले माझी परिवारलाई लत्ताकपडा दिनुभएको हो ।


जनता भ्वाइस 







