images
images

कालीखोलामा पशु स्वास्थ्य शिविर तीन सय वाख्रा र एकसय गाईभैंसीलाई खोप

जन्ताभ्वाईस सम्वाददाता
११ माघ , बुधंबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर १ को कालीखोलामा ३ सय वाख्रालाई खोप लगाईएको छ । त्यसैगरी १ सय गाईभैंसीलाई चरचरे भ्यागुते रोग विरुद्ध खोप लगाईएको छ ।
गाई , भैंसी ,बाख्रा ,बंगुर ,कुखुरा ,कुकुर लगायत पशुपंक्षिमा आन्तरिक तथा बाह्रय परिजिवि विरुद्ध निशुल्क औषधि बितरण गरी खोप लगाईएको नगरपालिकाको कृषि तथा पशु शाखाले जनाएको छ ।
कटारी नगरपालिकाको पशु स्वास्थ्य उपचार शिविर कार्यक्रम अन्र्तगत पशुहरुलाई खोप लगाईएको हो ।