images
images

वनले उद्धार गरेको नीलगाई वन्यजन्तु संरक्षण केन्द्रमा छोडियो

जन्ताभ्वाईस सम्वाददाता
शुक्रबार , २९ पुष , २०७९
कटारी /तीन महिना अगाडी कटारी , ५ मा फेला परेको लोपोन्मुख बन्यजन्तु नीलगाईको बाच्छीलाई उद्धार गरी डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) ले आज कटारी ५ कै वन्यजन्तु उद्धार केन्द्रमा छोडेको छ । शलेस सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रबाट खेतमा निस्किएको नीलगाईको २ महिनाको बाच्छीलाई कार्यालयले उद्धार गरी कार्यालय परिसरमै हेरचाहा गरी राखेको थियो ।
स्थानीयको खेतमा फेला परेको नीलगाईको बाच्छीलाई स्थानीयले उद्धार गरी नियन्त्रणमा लिएर कार्यालयमा राखिएकोमा आज केन्द्रमा छोडिएको डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो ।
सिसाघारी सामुदायिक वन उपभोक्ता समूह कटारी –५ ,उदयपुरद्वारा संचालित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र कटारी–५ ,उदयपुरमा समुहको लगानीमा वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य सम्पन्न गरी आज नीलगाई त्यहाँ छोडिएको हो । समूहका पदाधिकारी , उपभोक्ता साथै वडाध्यक्ष मोहन तामाङ्ग लगायतको उपस्थितिमा नीलगाईलाई केन्द्रमा छोडिएको हो ।