जन्ताभ्वाईस सम्वाददाता
२१ पुष , विहिबार , २०७९
कटारी / सामुदायिक विद्यालयको गुणस्तर खस्किंदै गएपछी उदयपुरको एक वडा गुणस्तर सुधार गर्न कस्सिएर लागि परेको छ । जिल्लाको कटारी नगरपालिका २ नम्बर वडा वडाका विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्न कस्सिएर लागेको हो ।
चालु शैक्षिक सत्रमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहिलो चरणमा वडाले हालको अवस्थाको मूल्याकंन गर्न आपैmले परीक्षा समेत लिईसकेको छ । २ मावि र २ आधारभूत विद्यालय रहेको वडाका सवै विद्यालयमा वडा शिक्षा समितिले आन्तरिक मूल्याकंनका लागि परीक्षा लिएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो ।
सामुदायिक विद्यालयमा शैक्षिक अवस्था कमजोर देखिएपछी वडाले परीक्षा लिएको हो । शैक्षिक सुधारमा उपचारात्मक पद्धतिका लागि मूल्याकंन गर्न वडा शिक्षा समितिले परीक्षा लिएको हो । विद्यालयको तल्लो कक्षा देखि नै समस्या पहिचान गरी समाधान गर्न कार्यक्रम निर्माणका लागि वडाले काम थालेको हो ।
विद्यालयको पठन पाठनमा सुधारका लागि वडाले पहल थालेपछी अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले पनि सहकार्य गरिरहेको छ । पहिलो पटक वडाले विद्यालय सुधारको पहल थालेपछी अभिभावकहरु हर्षित भएका छन् । कक्षा अनुसार सिकाई भएको छ कि छैन् ? छैन भने के कारण हो त्यसको पहिचान गरेर कार्यक्रम बनाउने वडाको योजना रहेको छ ।
सामुदायिक विद्यालयहरुको खस्किंदो शैक्षिक गुणस्तरलाई सुधार गर्न सके धेरै खर्च गरेर नीजिमा अध्ययन गराउनुपर्ने अभिभावकहरुको वाध्यतालाई अन्त्य गर्न सकिने देखिन्छ । सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै जाने तर नीजिमा भरिंदै जाने समस्या समेत समाधान हुने देखिन्छ । जसका लागि वडाले वडाका विद्यालयमा थालेको यो कदम सकारात्मक देखिएको छ ।


जनता भ्वाइस 







