जन्ताभ्वाईस सम्वाददाता
२१ पुष , विहिबार , २०७९
कटारी / कटारीबाट मिर्चैया तर्पm लैंजादै गरेको ढुंगा सहितको ट्रिपर डिभिजन वन कार्यालय कटारी त्रिवेणीले आज नियन्त्रणमा लिएको छ । कटारी , ६ बाट ढुंगा वोकेर सिरहाको मिर्चैया तर्पm लैंजादै गरेको पाईएपछी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको कार्यालयका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो ।
प्र २०१००१ ख ०२६० नम्बरको ट्रिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको अधिकृत घिमिरेले बताउनुभयो । ‘जिल्ला बाहिर निकासी गर्न पाईने भनेर हामीलाई अनुमति आएको छैन् ’अधिकृत घिमिरेले बताउनुभयो ।‘नगरपालिकासँग सोधिरहेका छौं कसरी पठाईएको हो भनेर अनुसन्धानपछी टुंगो लाग्छ ।’

ढुंगा वोकेर जाने ट्रिपरले कटारी नगरपालिकाको आम्दानी रसिदमा १७ घनमिटरको ३ हजार ५ सय ९८ तिरेर ढुंगा लगेको पाईएको छ ।साह ढुवानी सेवाको नाममा मिर्चैयाको ठेगानामा रसिद काटेको पाईएको छ । ‘हामीले बुभ्mदा अन्य नगरपालिकाहरुले जिल्ला वाहिर पठाउँदा रहेछन् ।’नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो । ‘अहिले बुझिरहेका छौं यसको व्यवस्थाबारे व्यवस्था अनुसार गर्छौं ।’
कार्यापालिकाको वैठकले पास गरेपछी पाउने भएपनि अहिलेसम्म कार्यापालिकाले पास नगरी अन्यत्र आम्दानी वाँधेर ढुंगा पठाईएको पाईएको छ । आईई लगायतका परीक्षण भएको छ वा छैन समेत अनुसन्धान भईरहेको छ ।
कटारी नगरपालिकामा पटक पटक ठेक्का आव्हान गर्दा पनि ढुंगा गिट्टीको ठेक्का लाग्दैन् । मनपरी राजश्व असुल्ने र केहीले ढुंगा गिट्टी मार्पmत व्यक्तिगत फाईदा लिंदा ढुंगा गिट्टीको राजश्व नगरसम्म नपुग्ने स्थानीयको आरोप छ । कटारी नगरपालिका वडा नम्बर ३ का वडासदस्य युवराज अधिकारीले अन्यत्र ढुंगा पठाईएको जानकारी आएपछी वनसँग समन्वय गरी नियन्त्रणमा लिएको बताउनुभयो ।
त्यसैगरी वडा नम्बर २ का वडासदस्य पुरुषोत्तम गौतमले नगरपालिकाको रसिदमा कटारीको खहरेको ढुंगा मिर्चैया लैजाँदै गरेकोले सोधपुछका लागि बन कार्यालय कटारीको नियन्त्रणमा रहेको सामाजिक संञ्जाल फेसबुकमा पोष्ट समेत गर्नुभएको थियो । यसवीचमा कटारीको जनप्रतिनिधिहरु समेत ढुंगा गिट्टी लगायतको निकासी , प्रकृया , राजश्वका बारेमा अनभिज्ञ रहेको पाईन्छ । कटारीका खहरे तथा खोलाहरुको ढुंगा गिट्टीको खास आउनुपर्ने राजश्व संकलन कसले कहाँ कति गर्छ समेत यकिन हुन सकेको छैन् ।


जनता भ्वाइस 







