-रेनु पराजुली
मंगलबार , १९ पुष , २०७९
कटारी / उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको पुरानो विद्यालयमा पर्छ जनप्रेमी मावि , कटारी , ७ रिस्कू , यो विद्यालयको स्थापना २०१९ सालमा भएको थियो । स्थापनाका हिसावले यो विद्यालय अहिले ६० वर्ष पुगेको छ ।
अहिले विद्यालयमा ६ सय ६१ छात्रछात्राहरु अध्ययनरत रहेका छन् । विद्यालय ६० वर्ष पुगेको अवसरमा हिरक महोत्सवको आयोजना गर्न कस्सिएर लागेको छ । हिरक महोत्सव गर्नका लागि कस्सिएर लाग्नेमा विद्यालयका प्रधानाध्यापक डोमिला धमला हुनुहुन्छ । ‘विगतमा विद्यालयले वार्षिकोत्सव , उत्सव तथा कुनै पनि महोत्सव गरेको रहेनछ् ।’प्रअ धमला भन्नुहुन्छ । ‘जसका कारण विद्यालयको विगत नै हराइसकेको छ जसलाई संरक्षण गर्न महोत्सव गर्ने तयारी गरेका छौं ।’
प्रअ धमला उदयपुर जिल्लामै उमावि संञ्चालनमा रहेका विद्यालयको एकमात्र महिला प्रअ हुनुहुन्छ । २०७४ सालमा विद्यालयमा प्रअ हुनुभएकी धमला विद्यालयमा पुग्दा एक्ली महिला कर्मचारी हुनुहुन्थ्यो । ‘अहिले त १० जना महिला कर्मचारी छौं । ’प्रअ धमलाले भन्नुभयो ।‘अहिले जम्मा २४ जना कर्मचारी छौं ।’
प्रअ धमला विद्यालयमा आईपुग्दा विद्यालयको पूर्व प्रअहरु कोको हुन ? भन्ने समेत प्रमाण थिएन् । ‘गाउँगाउँमा सोधिखोजि गरेर नाम पत्ता लगाएँ त्यसपछी वल्ल थाहा भयो म विद्यालयको १६ औं प्रअ रहेछु ।’
विद्यालयमा आईपुग्दा विद्यालय अस्तव्यस्त अवस्थामा थियो । ‘कहाँबाट काम सुरु गर्ने भनेर अलमल्लमा परेको थिएँ ।’प्रअ धमलाले भन्नुभयो । ‘महिला भएर पनि यसले के काम गर्छ होला भनेर सल्लाहा पाउन पनि सकिन् ’प्रअ धमलाले थप्नुभयो ।‘विस्तारै सवैले सहयोग गरे त्यसपछी काम गर्न सहजहुँदै गयो ।’
धमलाको उपस्थितिसँगै विद्यालयले शैक्षिक गतिविधिहरुलाई तिव्रता दियो । विस्तारै जनप्रेमी माविमा विभिन्न कृयाकलापहरु हुन थाले । जसलाई सहज बनाउन पूर्व विद्यार्थी समाज समेत गठन गरियो । जसको अध्यक्षमा प्रदिप ढुंगाना चयन हुनुभयो ।
विस्तारै सवैको ध्यान विद्यालयतिर तानियो । विद्यालयमा हाल कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुन थालेको छ । ‘अव कक्षा ५ सम्म अंग्रेजी माध्यमको पठन पाठन गराउने तयारीमा छौं ।’यो विद्यालय अहिले कटारी नगरपालिकाको दरवन्दी पुरा साथै भौतिक संरचना पनि आवश्यक रुपमा भएको विद्यालयको रुपमा लिईन्छ ।
नगरपालिकाको नमुना विद्यालयको रुपमा पनि यस विद्यालयलाई विकास गरिदैछ । विद्यालयको सवै गतिविधिमा कृयाशिल भएर अघि बढ्ने प्रअ पाएपछी काम गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर राउतले बताउनुभयो ।
विद्यालयको शैक्षिक सुधारका लागि प्रअ धमलाले आप्mनै छोरीलाई समेत आप्mनै विद्यालयमा अध्ययन गराईरहनुभएको छ । ‘आप्mनै विद्यालयमा पढाईएन र अन्यत्रै नीजिमा पढाईयो भने त आपैmले पढाएकोमा पनि विश्वास नगरेको जस्तै हुन्छ नि ।’प्रअ धमलाले भन्नुभयो ।‘यस विद्यालयको सवै कर्मचारीहरुले आप्mनो छोराछोरी यहि पढाएका छौं ।’विद्यालयलाई यस अवस्थामा ल्याउन विद्यालय व्यवस्थापन समिति , अभिभावकहरु तथा सरोकार राख्ने सवै निकायको सहयोग र सहकार्य रहेको प्रअ धमलाले बताउनुभयो ।


जनता भ्वाइस 







