images
images

कटारीका हात्ती पीडितलाई नगरपालिकाद्वारा राहत प्रदान

जन्ताभ्वाईस सम्वाददाता
१८ पुष , सोमबार , २०७९
कटारी / कटारी नगरपालिका ३ ताराघारीका हात्ती पीडितलाई नगरपालिकाले राहत वितरण गरेको छ । गएराति निस्किएको जंगली हात्तीले घर भत्काएको नरेन्द्र वलम्पाकी मगर र शान्ति सापकोटाको परिवारले घरमा क्षति पुराएको थियो ।
मगरको परिवारलाई ३ वोरा चामल , लत्ताकपडा तथा दाल ,नुन र सापकोटा परिवारलाई २ वोरा चामल , लत्ताकपडा र दाल ,नुन लगायतका सामाग्री राहत वितरण गरिएको वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो ।
राहत वितरण गर्न नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ , उपप्रमुख गिता खड्का ,वडाध्यक्ष पुष्कर खड्का पीडित परिवारको घरमै पुगेका थिए । ताराघारीमै हात्तीले फुलमाया परिवारको घरमा पनि सामान्य क्षति पुराएको वडाध्यक्ष खड्काले बताउनुभयो ।