images
images

राजावासका स्थानीयले दोस्रो पटक फोहोर फाल्न रोक लगाए

जन्ताभ्वाईस सम्वाददाता
१७ पुष ,आईतबार , २०७९
कटारी / कटारी , ३ राजावासका स्थानीयले राजावासमा फोहोर फाल्न फेरी रोक लगाएका छन् । आज फोहोर लिएर राजावासमा आईपुगेको नगरपालिकाको सवारीलाई स्थानीयले फर्काईदिएका हुन् । यस अघि नगरपालिकाले अन्यत्रै डम्पिङ्ग साईडको खोजि गर्ने सहमति भएपछी १५ दिनअघि फोहोर फाल्न दिएको स्थानीयले आजदेखि फेरी फोहोर फाल्न रोक लगाएका हुन् ।
यस अघि १९ मंसिरमा फोहोर फाल्ने ठाउँ अन्यत्र सार्न स्थानीयले ज्ञापन पत्र वुझाएका थिए । राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारी हस्ताक्षरित ज्ञापन पत्रमा पुष १ गतेदेखि फोहोर फाल्न नदिने अल्टिमेटम दिईएको थियो । १ गते रोकिएपछी भएको वार्तापछी भएको सहमति कार्यान्वयनमा नआएको भन्दै आजदेखि फोहोर फाल्न नदिएको स्थानीय देव ढुंगेलले बताउनुभयो ।
स्थानीयको पटक पकटको अवरोधपछी नगरपालिकाले डम्पिङ्ग साईडको खोजि गरिरहेको उपमेयर गिता खड्काले बताउनुभयो । ‘बन कार्यालय , वडाध्यक्ष , टोलविकास संस्थाका पदाधिकारीहरुको टोलीले स्थान खोजिरहेका छौं ।’उपमेयर खड्काले भन्नुभयो ।
पटक पटक राजावासबाट साईड हटाउन नगरपालिकामा मौखिक तथा लिखित माग गर्दा समेत सुनुवाई नभएको स्थानीयको भनाई छ । राजावासमा वस्ती नजिकै जथाभावि फोहोर फाल्दा स्थानीयले समस्या हुने गरेको बताउँदै आएका छन् ।
बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहोरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नु परेको स्थानीय युवा देव ढुंगेलले बताउनुभयो । ‘दुर्गन्ध पैmलिन्छ , गाउँमा भात खान सक्ने अवस्था छैन् , रोगहरु फैलिने गर्छ , भिंmगा भन्किने जस्ता समस्या छन् ।’ढुंगेलले भन्नुभयो –‘फोहोर त्यहाँ नराख्न पटक पटक नगरपालिकामा गयौं तर सुनुवाई भएन् ।’
बजार नजिकै फालिएको फोहोरका कारण बजारमा समेत प्रदुषण वढ्ने गरेको छ । फोहोर फालिएको ठाउँ नजिकै शसस्त्र वेश क्याम्प , बौद्ध गुम्बा र वस्ती छ । फोहोर फालिएको खोलापारी कटारी बजार छ ।
यसको उचित समस्या समाधानका लागि राजावासका स्थानीयले पटक पटक नगरपालिकामा डेलिगेसन बुझाएका छन् । सबैखाले फोहोर नगरपालिकाको सवारीसाधनले यहि राजावासको डाँडामा ल्याएर फाल्ने गरेको छ । अन्य सवारीसाधनहरुले समेत यहि फोहोर फाल्ने आगो लाउने गर्दा स्थानीयलाई समस्या हुने गरेको छ ।