images
images

महादेव गुफामा शिव महापुराणको आयोजना गरिने

जन्ताभ्वाईस सम्वाददाता
१६ पुष , शनिबार , २०७९
कटारी / कटारी ३ स्थित महादेव गुफामा आगामी माघ २५ देखि फागुन ७ गतेसम्म शिव महापुराणको आयोजना गरिने भएको छ । गुफा परिसरमा मन्दिर निर्माण व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवद्धृन गर्ने उद्येश्यले महापुराणको आयोजना गरिने भएको हो ।
महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारका अनुसार महापुराणका लागि आज विभिन्न समिति तथा उपसमितहरु समेत गठन गरिएको छ । आज वसेको भेलाले महापुराणका लागि मूल समारोह समितिको संयोजकमा शम्भु थापा र सह संयोजकमा शंकर कटुवाललाई चयन गरेको छ ।
त्यस्तै व्यवस्थापन समिति नै आयोजक रहनेगरी महापुराण सफल बनाउन ऋषि राईको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ जसको सह संयोजक देव ढुँगेललाई चयन गरिएको छ । त्यसैगरी पुजनोत्वस समितिको संयोजकमा गीता ढुंगाना र सह सयोजंकमा गंगाकुमारी राई , सम्मान समितिमा संयोजकमा लालबहादुर भण्डारी र सह संयोजकमा गोविन्द केसी , आर्थिक तथा लेखा समितिमा संयोजक मोहन खड्का र सह संयोजकमा मोहन श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी प्रवन्ध व्यवस्थापन समितिमा संयोजक दिपक राई र संयोजक दुर्गाबहादुर खड्का , स्वयंसेवक परिचालन समितिमा संयोजकमा विजय अधिकारी र सह संयोजकमा राजकुमार थापा क्षेत्री र भौतिक निर्माण तथा व्यवस्थापन समितिको संयोजकमा हृदय तामाङ्ग र सह संयोजकमा वुद्धिनाथ पराजुली (वलराम)चयन भएका छन् ।मूल महापुराण समारोह समिति २ सय २६ सदस्यीय गठन गरिएको छ ।