images
images

आईएमई लाईफ ईन्स्युरेन्स कटारीका अभिकर्ता शर्मिला एमडिआरटीको सदस्यमा मनोनित

जन्ताभ्वाईस सम्वाददाता
१५ पुष , शुक्रबार , २०७९
कटारी / कटारी नगरपालिका , ६ की शर्मिला कार्की लामिछाने विश्वभरका अभिकर्ताहरुको अन्तराष्ट्रिय छाता संगठन एमडिआरटीको सदस्य मनोनित हुनुभएको छ । आइएमई ग्रुपले सञ्चालन गरेको आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता लामिछाने एमडिआरटी २०२३ को सदस्यमा मनोनित हुनुभएको हो ।
शर्मिलाले आईएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेड कटारी शाखाबाट डेढवर्षअघिदेखि अभिकर्ताको रुपमा काम सुरु गर्नुभएको थियो । लामिछाने उदयपुर सिद्धबाबा जेनेरल स्टोर्स, ग्लोबल आइएमई वैंकको शाखारहित शाखाका सञ्चालक , स्थानीय व्यापारी समाजसेवी समेत हुनुहुन्छ ।


उहाँले कटारी शाखामा आयोजित कार्यक्रममा प्रतिक्रिया राख्दै एमडिआरटीको सदस्यमा मनोनित हुनुमा श्रीमान रामबहादुर कार्की, अभिकर्ता पेशामा संलग्न गराउनु हुने एजेन्सी म्यानेजर युवराज कार्की (सन्तोष), सगरमाथा प्रमुख एबिएम कृष्णप्रसाद घिमिरे, डिआरएम ओमप्रकाश राई, सिएमओ कर्मराज पौैडेल र कटारी शाखाका कर्मचारीहरुको प्रेरणा र विमितहरुको विश्वास रहेको बताउनु भयो ।


आप्mनो शाखाबाट आपैmले बनाएको अभिकर्ता शर्मिला कार्की लामिछाने एमडिआरटी २०२३ को सदस्यमा मनोनित भएको हर्षित भएको भन्दै एजेन्सी म्यानेजर युवराज कार्की (सन्तोष) ले खुसीयालीमा एक कार्यक्रम गरी सम्मान पत्र प्रदान गरिएको बताउनुभयो ।सदस्य मनोनित भएसँगै लामिछानेले २०२३ को विश्वका अभिकर्ताहरुको भेलाका लागि अमेरिका जाने अवसर समेत पाउने म्यानेजर कार्कीले जानकारी दिनुभयो ।