images
images

सांसद अम्बरबहादुर रायमाझी र कटारीका कार्यालय प्रमुखवीच अन्र्तकृया

जन्ताभ्वाईस सम्बाददाता
१३ पुष बुधबार ,२०७९
कटारी / प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले कटारीका कार्यालय प्रमुखहरुसँग अन्र्तकृया गर्नुभएको छ । आज ईलाका प्रशासन कार्यालय कटारीमा एक कार्यक्रमकाबीच संसद रायमाझीले अन्र्तकृया गर्दै सेवा प्रवाहा चुस्त दुरुस्त रुपले प्रदान गर्न निर्देशन दिनुभयो ।
सेवाग्राहीहरुलाई सहज र छिटो सेवा दिनुपर्ने बताउँदै रायमाझीले अन्य समस्या परे सम्पर्क गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकण कटारीका शाखाका प्रमुख सन्तोष कार्कीले कार्यालयमा कर्मचारी अभावले समस्या हुने गरेको बताउनुभयो ।
प्रमु कार्कीले शाखाको क्षेत्र ठूलो भएकाले कर्मचारी कम भएको भन्दै शाखालाई वितरण केन्द्र बनाउन पहल गरिदिन आग्रह गर्नुभयो । त्यसैगरी डिभिजन बन कार्यालय कटारी त्रिवेणीका प्रमुख विष्णुलाल घिमिरेले कार्यालयले कर्मचारी अभावमा कामकाज प्रभावित भएको बताउनुभयो ।
त्यस्तै कटारी अस्पत्तालको गुणस्तर वृद्धि गर्दै प्रदेशस्तरीय अस्पत्ताल बनाउन पहल गरिदिन अस्पत्तालका निमित्त मेडिकल सुपरिडेन्टेड डा गौरव साहले आग्रह गर्नुभयो । कटारी नगरपालिकाका शिक्षा शाखा प्रमुख कुमार दाहालले विद्यालयहरुमा भवनहरु जीर्ण बन्दै गएको र नयाँ बनाउनुपर्ने लगायतका साथै दरबन्दी मिलानमा समेत समस्या रहेको बताउनुभयो ।
कार्यालय प्रमुखहरुको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिंदै उज्यालो अभियान अन्र्तगत उदयपुरको क्षेत्र नम्बर २ को सवै वडामा विजुली पुराउने , मिर्चैया कटारी घुर्मी सडकखण्ड निर्माणका लागि सरकारले पूर्णता पाए लगत्तै बजेट सुनिष्चितताको पहल गर्ने र प्राथमिकता दिने बताउनुभयो । रायमाझी नेकपा एमालेबाट उदयपुर क्षेत्र नम्बर २ मा निर्वाचित साँसद हुनुहुन्छ ।कार्यक्रममा प्रदेश १ का सदस्य सिर्जना दनुवार र गिता रेग्मीको समेत उपस्थिति रहेको थियो ।