images
images

कटारीको प्रथम चौमासिक प्रगति प्रतिवेदन – पूर्वाधार विकास भन्दा कार्यालय संञ्चालनमा ३ गुणावढी खर्च

जन्ताभ्वाईस सम्बाददाता
मंगलबार १२ पुष , २०७९
कटारी /आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगति प्रतिवेदन अनुसार कटारी नगरपालिकामा पूर्वाधार विकास भन्दा ३ गुणावढी कार्यालय संचालन तथा प्रशासनिक कार्यमा खर्च भएको पाईएको छ । प्रतिवेदन अनुसार प्रथम चौमासिकमा भएको कुल खर्च मध्ये पूर्वाधार विकासमा ७ दशमलव १७ प्रतिशत खर्च हुँदा कार्यालय संञ्चालन तथा प्रशासनिक तर्पm २४ दशमलव ९ प्रतिशत खर्च भएको पाईएको हो ।
नगरपालिकाले कटारी ११ वेतेनीमा २९ मंसिरमा गरेको प्रथम चौमासिकको सार्वजनिक सुनुवाईमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार कुल बजेट ८० करोड ४२ लाख १५ हजार ५ सय ९२ रुपैया ३० पैसा मध्ये प्रथम चौमासिकमा १८ दशमलव ६३ प्रतिशत अर्थात १४ करोड ९८ लाख ७५हजार ९ सय २४ रुपैंया ७० पैसा खर्च भएको हो । जसमा कार्यालय संञ्चालन तथा प्रशासनिक तर्पm २४ दशमलव ९ प्रतिशत ३ करोड ७२ लाख ९१ हजार ८१ रुपैंया ३४ पैसा खर्च हुँदा पूर्वाधार विकास तर्पm ७ दशमलव १७ प्रतिशत ९३ लाख १ हजार ३२ रुपैंया मात्र खर्च भएको पाईएको हो ।
त्यसैगरी प्रतिवेदन अनुसार आर्थिक विकास तर्पm ४ दशमलव ७१ प्रतिशत सामाजिक विकास तर्पm २२ दशमलव ८ प्रतिशत , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ११ दशमलव ९६ प्रतिशत खर्च भएको पाईएको छ । प्रथम चौमासिकमा कार्यालय संञ्चालन तथा प्रशासनिक खर्च सवैभन्दा बढी हुँदा सवैभन्दा कम खर्च आर्थिक विकास तर्पm ४ दशमलव ७१ प्रतिशत खर्च भएको पाईएको छ ।