जन्ताभ्वाईस सम्बाददाता
४ पुष , सोमबार , २०७९
कटारी/ कटारी नगरपालिका वडा नम्बर , १० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
ट्राफिक प्रहरी पोष्ट कटारीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक दिपक कोईरालाका अनुसार मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ वस्ने ६५ वर्षिय मिनबहादुर सार्की रहेका छन् । गम्भिर घाईते सार्कीको उपचारका लागि कटारी अस्पत्ताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
ताप्ली गाउँपालिकाको रुपाटारबाट कटारी तर्पm आउँदै गरेको प्र २–०१–००१च००५० नम्बरको बोलेरो आपैm अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही लालबन्दीका अन्दाजि ३० वर्षिय फडिन्द्र श्रेष्ठ घाईते भएका छन् ।
त्यसैगरी श्रेष्ठ परिवारकै भावना श्रेष्ठ , भवानी श्रेष्ठ , र २ वर्षिय भूमिका श्रेष्ठ घाईते भएका छन् । फडिन्द्र सहित श्रेष्ठ परिवारका ४ जना घाईते भएका हुन् । श्रेष्ठ परिवार ताप्ली गाउँपालिका २ रामपुर झिल्के ससुरालीबाट फर्किदैं गर्दा दुर्घटनामा परेका थिए । त्यसैगरी ताप्ली गाउँपालिका , ५ की २३ वर्षिय सुमित्रा गिरी , र वडा नम्बर ४ का झपडबहादुर विश्वकर्मा घाईते भएका छन् ।
घाईतेहरुको कटारी अस्पत्तालमा उपचार गरिएको अस्पत्तालका सुचना अधिकारी नविन कुमार वस्नेतले बताउनुभयो । घाईते मध्ये फडिन्द्र श्रेष्ठ ,भूमिका श्रेष्ठ र झपडबहादुर विश्वकर्मालाई भने थप उपचारका लािग अन्यत्र रेफर गरिपठाएको पनि अधिकारी वस्नेतले बताउनुभयो ।
बोलेरो चालक ताप्ली गाउँपालिका ५ खानीडाँडाका ३२ वर्षिय ईश्वर नारायण श्रेष्ठलाई प्रहरी चौकी वेतेनीले नियन्त्रणमा लिएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय कटारीबाट अन्दाजि २४ किलोमिटर उत्तरपूर्वमा पर्दछ ।


जनता भ्वाइस 







