जन्ताभ्वाईस सम्बाददाता
१ पुष , शुक्रबार , २०७९
कटारी / कटारी , ३ राजावासका स्थानीयले राजावासमा फोहोर संकलन गर्न रोक लगाएका छन् । आज फोहोर लिएर राजावासमा आईपुगेका नगरपालिकाको सवारीलाई स्थानीयले फकाईदिएका हुन् ।
यस अघि १९ मंसिरमा फोहोर फाल्ने ठाउँ अन्यत्र सार्न स्थानीयले ज्ञापन पत्र वुझाएका थिए । राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारी हस्ताक्षरित ज्ञापन पत्रमा पुष १ गतेदेखि फोहोर फाल्न नदिने अल्टिमेटम दिईएको थियो ।
जस अनुसार आजदेखि फोहोर फाल्न नदिएको स्थानीय देव ढुंगेलले बताउनुभयो । फोहोर फाल्न रोक लगाएपछी नगरपालिकामा वार्ताका लागि वोलाएपनि फोहोर फाल्ने स्थानमा नै वार्ता गर्ने स्थानीयको अडानपछी आज वार्ता हुन सकेन् ।
वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले भोलि विहान सोही स्थानमा स्थानीय टोलविकास संस्थासँग वार्ता गर्ने बताउनुभयो । यस अघि ज्ञापन पत्र बुझाउँदै उनीहरुले १५ दिन भित्रमा अन्यत्र ल्याण्डफिल्ड साईड व्यवस्था नगरे फोहोर वोक्ने गाडी रोकेर प्रतिकारमा उत्रिन बाध्य हुने उल्लेख गरिएको थियो ।
पटक पटक राजावासबाट साईड हटाउन नगरपालिकामा मौखिक तथा लिखित माग गर्दा समेत सुनुवाई नभएको स्थानीयको भनाई छ । राजावासमा वस्ती नजिकै जथाभावि फोहोर फाल्दा स्थानीयले समस्या हुने गरेको बताउँदै आएका छन् ।
बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहोरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नु परेको स्थानीय युवा देव ढुंगेलले बताउनुभयो । ‘दुर्गन्ध पैmलिन्छ , गाउँमा भात खान सक्ने अवस्था छैन् , रोगहरु फैलिने गर्छ , भिंmगा भन्किने जस्ता समस्या छन् ।’ढुंगेलले भन्नुभयो –‘फोहोर त्यहाँ नराख्न पटक पटक नगरपालिकामा गयौं तर सुनुवाई भएन् ।’
बजार नजिकै फालिएको फोहोरका कारण बजारमा समेत प्रदुषण वढ्ने गरेको छ । फोहोर फालिएको ठाउँ नजिकै शसस्त्र वेश क्याम्प , बौद्ध गुम्बा र वस्ती छ । फोहोर फालिएको खोलापारी कटारी बजार छ ।
यसको उचित समस्या समाधानका लागि राजावासका स्थानीयले पटक पटक नगरपालिकामा डेलिगेसन बुझाएका छन् । सबैखाले फोहोर नगरपालिकाको सवारीसाधनले यहि राजावासको डाँडामा ल्याएर फाल्ने गरेको छ । अन्य सवारीसाधनहरुले समेत यहि फोहोर फाल्ने आगो लाउने गर्दा स्थानीयलाई समस्या हुने गरेको छ ।


जनता भ्वाइस 







