images
images

कटारी नगरद्वारा योजना अनुगमनलाई तिव्रता

जन्ताभ्वाईस सम्बाददाता
१ पुष , शुक्रबार , २०७९
कटारी /कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९।८० अन्र्तगतको प्रथम चौमासिक भित्र भएका योजनाहरुको अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिका भित्र भएका सडक मर्मत , भवन निर्माण , विद्यालय संञ्चालन लगायतकको योजनाको अनुगमनलाई तिव्रता दिएको हो ।
नगरको वडा नम्बर १२ स्थित वसेरी देखि चौकी चौकीभन्ज्याङ्ग लगायत निर्माणाधिन वडा कार्यालय भवन , निर्माणाधिन मन्दिर , वडा नम्बर ८ को सडक मर्मत लगायतका विकासका कामहरुको अनुगमन गरिएको नगरपालिकाका उपमेयर गिता खड्काले बताउनुभयो ।
सम्पन्न भएका योजनाहरुको अनुगमन पश्चात भुक्तानी प्रकृयाका कामहरु अघि बढ्ने भएकाले अनुगमनलाई तिव्रता दिईएको पनि उपमेयर खड्काले बताउनुभयो । अनुगमनका क्रममा वडा नम्बर १२ स्थित हर्देनी चिलाउनेमा रहेको विद्यालय जीर्ण भएको पाईएको थियो ।
आधारभूत तहको विद्यालय भवनमा पानी चुहिने समस्या समेत रहेको थियो । भवन निर्माणका लागि उपमेयर खड्कालाई विद्यालयका सरोकारवालाहरुले आग्रह समेत गरेका थिए ।