जन्ताभ्वाईस सम्बाददाता
१ पुष , शुक्रबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर १२ स्थित सिन्कौले महादेवस्थान गुफा ओझेलमा रहेको छ । वडाको वसेरीबाट उत्तरतर्पm झण्डै ७ किलोमिटर पर रहेको सिन्कौले गुफा ओझेलमा रहेको हो ।
चिताएको पुग्ने जनविश्वास रहेको गुफा प्रचार प्रसार अभाव तथा संरक्षण र उचित विकास हुन नसक्दा ओझेलमा परेको हो । वसेरीबाट चौकीभन्ज्याङ्ग जाने सडकखण्डसँगै रहेको गुफा ओझेलमा परेको हो ।
तत्कालिन मयंखु गाविसमा पर्ने र हाल वडा नम्बर १२ मा रहेको गुफालाई धार्मिक पर्यटनको सम्भावना बोकेको गुफा रहेको वडाध्यक्ष वाशु कटुवालले बताउनुभयो । यहाँ यसअघि वडाको पहलमा सिंढीहरु निर्माण भएका छन् ।
यसलाई नगरपालिकाले नै योजना बनाएर संरक्षण र विकासमा लाग्नुपर्ने वडाध्यक्ष कटुवालले बताउनुभयो । बुढापाकाहरुका अनुसार यहाँ परापूर्वकालदेखि नै महादेवको उत्पत्ति थलो रहेको थियो ।
वनावटका आधारमा समेत आश्चर्यजनक गुफा रहेको स्थानीयहरु बताउँछन् । यहाँ बालाचर्तुदशीमा मेला लाग्ने गर्दछ् । एकादशी , रामनवमी , शिवरात्री तथा साउने सोमवार यहाँ स्थानीयहरुले पुजा आराधना गर्ने गरेका छन् ।


जनता भ्वाइस 







