images
images

कटारी नगरद्वारा प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
२९ मंसिर , विहिबार , २०७९
कटारी / कटारी नगरपालिकाकाले आर्थिक वर्ष २०७९ /८० को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आज नगरपालिकाको वडा नम्बर ११ वेतेनीस्थित सम्पर्क कार्यालय परिसरमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सम्पन्न सार्वजनिक सुनुवाईमा जवाफ दिंदै नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले जनप्रतिधिहरुको तर्पmबाट सुधार गर्नुपर्ने कुराहरु सुधार गर्दै जाने बताउनुभयो । पारदर्शी नगर बनाउन कटिबद्ध रहेको बताउँदै मेयर श्रेष्ठले पहिलो ४ महिनाको सार्वजनिक सुनुवाई भएको भन्दै नगरका जुनसुकै कर्मचारी वा जनप्रतिधिहरुले पैसा मागे सार्वजनिक गर्न आग्रह गर्दै कार्वाहीको भागिदार हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी उपमेयर गिता खड्काले नगरको ग्रामिण सडकहरुमा नालीको आवश्यकता रहेको बताउँदै दिगो विकासका लागि काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी केन्द्र सरकारबाट संञ्चालन भएका सडकहरुको स्तरउन्नतीका लागि पनि नगरले पहल गरिरहेको उपमेयर खड्काले बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक सुनुवाईका बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले पहिलो चौमासिकको वेतेनीमा गरिएको र दोस्रो चौमासिक कटारी बजार आसपास र अर्को चौमासिकको सार्वजनिक सुनुवाई वेलसोतम ागर्ने योजना रहेको बताउनुभयो ।
त्यसैगरी अधिकृत किरातीले नगरलाई विकास गर्न र समृद्ध बनाउन आन्तरिक स्रोतको आवश्यकता पर्ने बताउँदै आन्तरिक स्रोत नगरमा न्युन रहेको बताउनुभयो । आन्तरिक स्रोत वृद्धि गर्न आवश्यक रहेको बताउँदै किरातीले नगरको समस्याहरु पहिचान भएको र आगामी दिनमा निरन्तर समाधान गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा उपस्थिति न्युन देखिएकोले आगामी दिनमा थप सुचना प्रचार प्रसारको कार्यलाई तिव्रता दिने अधिकृत किरातीले बताउनुभयो । कार्यक्रममा जिज्ञासा राख्दै सहभागी पेशल पोखरेले सुनुवाई कटारी बजारमा पनि गर्नुपर्ने बताउनुभयो । त्यसैगरी दिपक राउतले माथिल्लो भेगका लागि वेतेनीमा रहेको सम्पर्क कार्यालयबाट आवश्यक सेवा पाउन नसकेकोले सेवा थप गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी हरि आले मगरले उपस्थिति न्युन रहनुमा माथिल्लो वडाहरुमा संञ्चारको पहुँच नपुगेको बताउनुभयो । कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाका युवराज मगरले प्रथम चौमासिकमा आर्थिक विकास तर्पm ४ दशमलव ७१ प्रतिशत , सामाजिक विकास तर्पm २२ दशमलव , ८ प्रतिशत , पूर्वाधार विकास तर्पm ७ दशमलव १७ प्रतिशत , सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ११ दशमलव ९६ प्रतिशत र कार्यालय संञ्चालन तथा प्रशासन तर्पm २४ दशमलव ९ प्रतिशत खर्च गर्दै कूल १८ दशमलव ६३ प्रतिशत खर्च भएको प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रममा स्थानीय तथा जनप्रतिनिधिहरु ,कर्मचारीहरु , संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।