images
images

कटारी अस्पत्तालले वालरोग विशेषज्ञबाट सेवा प्रदान गर्ने

जन्ताभ्वाईस सम्बाददाता
२७ मंसिर , मंगलबार , २०७९
कटारी / कटारी अस्पत्तालबाट अव वालरोग विशेषज्ञबाट समेत वालवालिकाको उपचार सेवा पाईने भएको छ । कटारी नगरपालिकाले वालरोग विशेषज्ञ डा.सतिश कुमार शर्मालाई नियुक्ति दिएसँगै कटारी अस्पत्तालबाट वालरोग विशेषज्ञको सेवा पाईने भएको हो ।
नगरपालिकाले मंसिर २५ गतेको निर्णय बमोजिम वालरोग विशेषज्ञ शर्मालाई करार नियुक्ति दिएको हो । कटारीमा वालवालिकाहरुको उपचार गर्ने विशेषज्ञ नहुँदा जनकपुर लगायत अन्यत्र लैजानुपर्ने वाध्यताको अन्त्य गर्न अस्पत्तालमा विशेषज्ञको नियुक्ति गरिएको हो ।
शर्माको नियुक्तिसँगै अहिले अस्पत्तालमा वालरोग सम्बन्धि उपचारका लागि कक्षहरुको व्यवस्थापन भईरहेको अस्पत्तालका मेडिकल सुपरिडेन्टेड गौरव साहले बताउनुभयो । कटारी अस्पत्ताल अहिले नगरपालिका मातहतको रहेको छ । यसलाई गुणस्तरीय र सुधार गर्दै प्रदेश स्तरीय अस्पत्तालको विकास गर्न सके सवैखाले उपचार कटारी अस्पत्तालबाट नै पाउन सकिने पनि डाक्टर साहले बताउनुभयो ।
अस्पत्तालले सेवा सुविधामा सुधार गर्दै अस्पत्ताल परिसरबाट नै शसुल्क औषधि खरिद गर्न सकिने व्यवस्था समेत गरेको छ । १५ सैयाको अस्पत्तालबाट शल्यकृयाहरु समेत हुन थालेको छ ।