images
images

वडा कार्यालय नखुलेपछी सेवाग्राही समस्यामा

जन्ताभ्वाईस सम्बाददाता
२६ मंसिर , सोमबार , २०७९
कटारी / कटारी नगरपालिकाको वडा कार्यालय आज नखुलेपछी सेवाग्राहीहरुले सेवा पाउन सकेनन् । विना जानकारी आज वडा कार्यालय नखुलेपछी सेवाग्राहीहरुले सेवा पाउन नसकेको भिडियोहरु सामाजिक संञ्जालमा पोष्ट भएका छन् ।
कार्यालय नै नखुलेपछी साँझ ४ बजे सेवाग्राहीहरु फर्किन बाध्य भएको स्थानीयले बताए ।राजश्वको गोष्ठी नगरपालिकामा भएकाले वडा सचिव गोष्ठीमा आएको बताउँदै वडाध्यक्ष अनन्त हायुले आफु भने घरायासी काम परेकाले विदामा रहेको बताउनुभयो ।
वडासचिव गोष्ठीमा र आफु विदामा भएकाबेला कार्यालय सहयोगीले समेत कार्यालय नखोलेको सेवाग्राहीहरुले बताएको पनि वडाध्यक्ष हायुले बताउनुभयो । कार्यालय नखुलेपनि २ जना सेवाग्राहीले फोन गरेको र फोनबाटै परामर्श दिएको पनि वडाध्यक्ष हायुले बताउनुभयो ।एकजना सेवाग्राहीले हुप्टारबाट र एकजनाले काठमाडौंबाट फोन गरेको पनि वडाध्यक्ष हायुले बताउनुभयो ।