images
images

नगर खेलकुद विकास समितिको उपाध्यक्षमा राजकुमार थापा नियुक्त

जन्ताभ्वाईस सम्बाददाता
२६ मंसिर , सोमबार , २०७९
कटारी / कटारी नगरपालिका अन्र्तगत नगर खेलकुद विकास समितिको उपाध्यक्षमा राजकुमार थापालाई नियुक्ति दिईएको छ । नगर कार्यापालिकाबाट नगर खेलकुद विकास समिति गठन संञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्याविधि २०७९ स्विकृति भएपछी कार्याविधि अनुरुप थापालाई उपाध्यक्षमा नियुक्ति दिईएको हो ।
नियुक्ति दिंदै नगरपालिकाका उपप्रमुख उपमेयर गिता खड्काले अध्यक्ष दिपक लामा तथा उपाध्यक्ष थापालाई १५ सदस्यिय समितिलाई पूर्णता दिन र समितिले खेलकुदको माध्यमबाट नगरको विकास र चिनारीमा महत्वपूर्ण भूमिका निभाउन निर्देशन दिनुभयो । अध्यक्ष लामाले खेलकुद राष्ट्रको गहना भएकाले नगरको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष थापाले समिति अपूर्ण हुँदा खेलकुद गतिविधि अवरुद्ध भएको बताउँदै आगामी दिनमा यथाशिघ्र समितिलाई पूर्णता दिई खेलकुदका गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । अध्यक्षमा लामालाई यस अघि नै नियुक्ति दिईसकिएको छ । अव कोषाध्यक्ष सहित सदस्यहरुको टुँगो लगाईनेछ ।