images
images

कटारीका ७४ वर्षे जेष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा

जन्ताभ्वाईस सम्बाददाता
२५ मंसिर , आईतबार , २०७९
कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ का ७४ वर्षिय वेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफु आप्mनै मेहनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभएको हो ।
एकछोरीको साथमा वस्दै आएका सुनुवारको मूख्य पेशा कृषिकर्म हो । अरुको केहि पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघि देखि नै भत्ता नलिने बताउँदै आउनुभएको वडाध्यक्ष अनन्त हायुले बताउनुभयो । ‘उहाँले भत्ता लिन मान्नुभएन र नलिने घोषणा गर्नुभयो ।’वडाध्यक्ष हायुले भन्नुभयो –‘उहाँ अरुले दिएको पनि खानुहुन्न पसलहरुमा पनिसँगै खाएपनि आफुले खाएको आपैm तिर्नुहुन्छ ।’
हायुका अनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यलाई केहि योगदान पनि नदिई निशुल्क भत्ता नलिने सुनुवारले घोषणा गर्नुभएको हो । सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई समेत गराईसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको बताउनुभयो ।