images
images

यी हुन् प्रमुख प्रशासकीय अधिकृत अनिल किराती आएपछी कटारीमा भएका प्रशासनिक सुधार ,कर्मचारी लगबुकदेखि सेवाग्राही सन्तुष्टि फारामसम्म

जन्ताभ्वाईस सम्बाददाता
२५ मंसिर , आईतबार , २०७९
कटारी । कटारी नगरपालिकाको कार्यालयमा ९ महिनामा उल्लेख्य प्रशासनिक सुधारका प्रयास भएका छन् । प्रशासनिक सुधार नभएको गुनासो आईरहने कटारीमा ९ महिनाअघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव अनिल किराती आउनुभएपछी सुधारको महसुस भएको सेवाग्राहीहरु बताउँछन् । कर्मचारीहरुको अनुशासनदेखि सेवाग्राहीहरुले पाउने सेवामा समेत किरातीले सुधारको पहल गरिरहनुभएको छ । अधिकृत किरातीसँग गरिएको कुराकानिमा आधारित ९ महत्वपूर्ण प्रशासनिक सुधार यस्ता छन् ।
.सवैभन्दा त सेवाग्राहीहरुसँग प्रत्यक्ष जोडिने योजनाको सम्झौता र भुक्तानी प्रकृयालाई सुधार गर्दै समयमै कामहरु अघि बढाएका छौं ।बजेटलाई पहिलो , दोस्रो गरी क्रमश कामहरुलाई सहज बनाएका छौं ,जसका कारण असार मसान्तमा मात्रै काम गर्ने र भिडभाड बढ्ने क्रम घट्ने छ ।
.उपभोक्ता समितिका पदाधिकारहरुलाई अभिमूखिकरण कार्यक्रम मार्पmत योजनाका कामका बारेमा पूर्णरुपमा जानकारी गराईएको छ । जसका कारण समयमै काम र कागजी प्रकृया सहज भई समयमै काम बन्नेछ ।
३.सेवाग्राही सन्तुष्टि फाराम मार्पmत नगरपालिकामा आएका सेवाग्राहीहरु कतिको सन्तुष्ट भएका छन् भनेर मूल्याकंन गरिने गरिएको छ । कार्यालय प्रवेशद्वारमा रहेका नगरप्रहरीले कार्यालयमा आएका सेवाग्राहीहरुलाई के कम ? कति समय ? कस्तो महसुस ? जस्ता प्रश्नहरु सोधेर जवाफ लेख्ने र सेवाग्राहरुको मूल्याकंनका आधारमा सेवालाई सुधार गर्दै लगिएको छ ।
.कर्मचारी लगबुकको प्रयोग सुरु गरिएको छ । जसका कारण कार्यालय समयमा कुन कर्मचारी कहाँ गयो भन्ने प्रश्नको जवाफ सहज रुपमा पाईन्छ भने कर्मचारीहरु मनोमानि निस्कन पाउँदैनन् , कार्यालय प्रयोजनका लागि कहाँ के उद्येश्यले कार्यालय बाहिर गएको हो कर्मचारीहरुले लकबुक भर्ने गरेका छन् ।
.अनिवार्य पोशाक र परिचय पत्रको व्यवस्था गरिएको छ । कर्मचाारीहरुलाई कार्यालयमा अनिवार्य परिचय पत्र र पोशाक लगाउनु लगाईएको छ । सुरुमा आउँदा को कर्मचारी को सेवाग्राही भन्ने छुट्याउन नै असहज परिस्थिति भएको बताउँदै अधिकृत किरातीले अनिवार्य परिचय पत्र र पोशाक कायम गर्नुभएको हो ।
.वडा वडामा प्राविधिक पठाईएको छ । वडाबाट योजनाका काम सहज होस भन्ने हिसावले वडामा प्राविधिहरु पठाईएको हो । वडामा पठाईएका कर्मचारीहरुले वडामै हाजिर गर्नुपर्नेछ । वडामा हाजिर प्रमाणित भएपछी मात्रै सेवा सुविधा कर्मचारीहरुले पाउनेछन् ।
.नियमित कर्मचारी वैठक , कार्यापालिका वैठक राखिएको छ । वैठकका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउने गरिएको छ ।
.यसवीचमा नगरपालिकाको ४ करोड बढी बेरुजु असुल गरिएको छ । ६० प्रतिशत बेरुजु उपभोक्ता समिति मार्पmत हुने गरेकाले यसपटक समितिहरुलाई कडाई गरिएको छ ।
र ,
.नगरपालिकाले सुचना तथा प्रचार प्रसारलाई थप कृयाशिल बनाएको छ । नगरसँग आवश्यक सवै सुचना माग गर्नेहरुलाई सुचना दिने र नगरका गतिविधिहरुलाई संञ्चार माध्यम तथा सामाजिक संञ्जालहरुबाट सहज रुपमा नगरवासीहरु समक्ष पुराउने गरिएको छ ।
यी सुधारका अलावा जनप्रतिनिधिहरुसँगको सहकार्यमा धेरै सुधारका प्रयासहरु भईरहेको किरातीले बताउनुभयो । ‘स्थानीय तहमा काम गर्नेलाई सहज तरिकाले धेरै काम गर्ने अवसर छ ।’किरातीले भन्नुभयो –‘थप धेरै सुधारका लागि सल्लाहा सुझावको पनि आवश्यकता पर्छ त्यसैले नगरका बारेमा सवैखाले सल्लाहा सुझाव दिन आग्रह गर्छु ।’