images
images

लैंगिक हिंसा न्युनिकरणमा मेरो भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फोटो स्रोत कटारी नगरपालिकाको फेसबुकपेज
जन्ताभ्वाईस सम्बाददाता
२३ मंसिर , शुक्रबार
कटारी । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कटारी नगरपालिकाले आज मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लैंगिक हिंसा न्युनिकरणमा मेरो भूमिका विषयक प्रतियोगितामा १२ विद्यालयका १२ विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा त्रिवेणी माविका कक्षा ९का छात्रा जानुका कार्की प्रथम भईन् । त्यसैगरी सगरमाथा ईङ्गलिस वोर्डिङ्गका कक्षा १० स्मृति गिरी दोस्रो , मरुवा माविका कक्षा १० का वन्दना दाहाल तेस्रो र वसेरी मावि कक्षा ८ का साधना पौडेले सान्त्वता स्थान हासिल गरे ।
पुरस्कृतहरुलाई क्रमश पुरस्कार सहित नगद ८ हजार , ६ हजार र ४ हजार नगद पनि प्रदान गरिएको थियो । पुरस्कृतहरुलाई कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्काले पुरस्कार प्रदान गरेका थिए ।
अभियान अन्र्तगत भोलि वडा नम्बर १ वेलसोतमा स्थानीय सरोकारवालाहरुसँग अन्र्तकृया गरी कार्यक्रमको समापन गर्ने तयारी नगरपालिकाले गरेको पनि उपमेयर खड्काले बताउनुभयो ।