images
images

कटारीमा पनि द भ्वाईसमा पदम राई जिताऔं अभियान समिति गठन

जन्ताभ्वाईस सम्बाददाता
२२ मंसिर , बिहिबार , २०७९
कटारी / सांगितिक रियालिटी शो द भ्वाईस अफ नेपाल को उत्कृष्ट ८ मा पर्न सफल गायक पदम राईलाई जिताऔं अभियान अन्र्तगत आज कटारीमा पनि समिति गठन भएको छ । राईलाई जिताउन कटारीमा ऋषि राईको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सदस्य सचिवमा पदम राई , कोषाध्यक्षमा दिपक राई , सदस्यहरुमा तुलबहादुर , एल्बर , मेनुका , उर्मिला , निशान र संगीता राई रहेका छन् । पुर्खौली घर खोटाङ्गभई ताप्लेजुङ्गमा जन्मिएका हाल धरान निवासी राई टिम राजेश पायल राईबाट उत्कृष्ट ८ मा प्रवेश गरेका हुन् ।
हिमालय टिभीमा शुक्रबार र शनिबार वेलुकी आउने कार्यक्रमका लागि यहि मंसिर २४ गते राति ९ बजेदेखि पौष १ गते राति ९ वजेसम्म भोट गर्न सकिनेछ । भोट गर्नका लागि मोबाईलमा खल्ति एप डाउनलोड गरेर पदम राईलाई भोट गर्न सकिनेछ ।
यस क्षेत्रबाट पनि राईलाई मोबाईलमा खल्ति एप डाउनलोड गरेर पदम राईलाई भोट गर्न संयोजक राईले आग्रह गर्नुभयो । किरात राई यायोक्खाको सल्लाहामा राईलाई जिताउन समिति गठन गरिएको हो । द भ्वाईस अफ नेपालको कार्यक्रम हेर्न युट्युवमा द भ्वाईस अफ नेपाल खोजि गरेर पनि जानकारी लिन सकिनेछ ।