जन्ताभ्वाईस सम्बाददाता
२२ मंसिर , बिहिबार , २०७९
कटारी /आईएमई लाईफ ईन्स्युरेन्स कटारीले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कटारी नगरपालिका वडा नम्बर १ का पदमबहादुर कटुवालको परिवारलाई रकम भुक्तानी गरिएको शाखाका प्रमुख राजन खड्काले बताउनुभयो ।
आज कटुवालको घरमै पुगेर २०७८ मा मृत्यु भएका कटुवालको श्रीमति दिलकुमार पौडेललाई भुक्तानी गरिएको हो । प्रमुख खड्काका अनुसार कटुवालले ५ लाख १० हजारको विमा गरेको २ वर्षमै मृत्युभएपछी ईन्स्युरेन्सको प्रधान कार्यालयले पौडेलको खातामा ५ लाख ४० हजार ६ सय जम्मा गरिदिएको हो ।
आज आईएमई ईन्स्युरेन्सका सगरमाथा प्रमुख कृष्णप्रसाद घिमिरे , कटारी शाखाका खड्काको टाली कटुवालको घरमा पुगेर दावी भुक्तानी गरिएको जानकारी गराएको हो । उक्त कार्यक्रममा प्रदेश १ का निवर्तमान राज्यमत्री कला घले लगायतको उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 








