images
images

गराँसबाट ग्लोबल आईएमई वैंकको २८० औं शाखारहित सेवा सुरु

जन्ताभ्वाईस सम्बाददाता
२२ मंसिर , बिहिबार , २०७९
कटारी /कटारी नगरपालिकाको २ नम्बर वडा गराँसबाट ग्लोबल आईएमई वैंकको २८० औं शाखारहित सेवा सुरु भएको छ । आज एक कार्यक्रमकावीच प्रमुख अतिथि वडाध्यक्ष प्रेम थापाले रिवन काटेर शाखारहित शाखाको उदघाटन गर्नुभयो ।
शाखारहित शाखाको उदघाटन गर्दै प्रमुख अतिथि थापाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा ग्लोवल आईएमई वैंकले सहज रुपमा सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि थप सहज किसिमले भत्ता वितरणमा सहकार्य गर्न आग्रह गर्नुभयो । उदघाटनकै क्रममा विशेष अतिथि वैंकका शाखा कार्यालय कटारीका शाखा प्रवन्धक मनिषकुमार मगरले शाखारहित सेवा अन्र्तगत सानो सानो सेवाका लागि वैंकको शाखा कटारी , मिर्चैया पुग्नुपर्ने वाध्यताको अन्त्य हुने बताउनुभयो ।
मगरका अनुसार गराँसबाट खाता खोल्न रकम जम्मा गर्न निकाल्न समेत सकिनेछ । तर एकलाख सम्म एकदिनमा जम्मा गर्न र एकदिनमा ५० हजारसम्म निकाल्न सकिने पनि प्रवन्धक मगरले बताउनुभयो । कार्यक्रममै आईएमई समुहकै आईएमई लाईफ ईन्स्युरेन्सका सगरमाथा प्रमुख कृष्णप्रसाद घिमिरेले जतिसक्दो घरघरमै सेवा पुराउन यसले सहयोग पुग्ने बताउनुभयो ।
शाखारहित शाखाका संञ्चालक राजकुमार कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु , शिक्षक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गराँसबाट नै सेवा पाईने भएपछी खर्च गरेर वैंकिंङ्ग कारोवारका लागि समय निकालेर अन्यत्र जाने बाध्यता अन्त्य भएको सभापति कार्कीले बताउनुभयो । शाखाबाट आईएमई अन्र्तगत पैसा पठाउन र निकाल्न समेत सकिनेछ ।