जन्ताभ्वाईस सम्बाददाता
२१ मंसिर , बुधबार , २०७९
कटारी /मुक्तिनाथ विकास वैंक र सगरमाथा अस्पत्ताल कटारीवीच सेवा सहकार्य गर्ने सहमति भएको छ । आज वैंक र अस्पत्तालवीच आपसी सम्झौता गर्दै सेवा सहकार्य गर्ने सहमतिलाई पूर्णता दिईएको हो ।
मुक्तिनाथ विकास वैंक र अस्पत्तालका प्रमुख डाक्टर दिपेश परसैलावीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास वैंकमा खाता खोलेका विरामीहरुले अस्पत्तालमा विभिन्न १० शिर्षकमा छुट पाउनेछन् ।
सम्झौताा अनुसार अस्पत्तालको ओपिडीमा ३० , ल्यावमा १५ , डिजिटल एक्सरेमा १० ,अल्ट्रासाउण्डमा २० , बेड चार्जमा १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी फार्मेसीमा ५ , डाक्टर चार्जमा १० , फेम्ली प्लानिंगमा १० , सर्जरीमा २० , सुरक्षित गर्भपतनमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
त्यसैगरी अस्पत्तालले दिने विभिन्न साना ठुला शल्यकृयामा समेत छुट दिने सम्झौता भएको अस्पत्तालका प्रमुख परसैलाले वताउनुभयो । सगरमाथा हस्पिटल कटारीमा छुट पाउनको लागि मुक्तिनाथ विकास बंैकमा भएको खातावाला, डेविट कार्ड होल्डर,क्रेडिट कार्ड होल्डर साथै बैकको मोवाइल बैंकिङ प्रयोग कर्ताले उपचार खर्चमा छृट पाउने मुक्तिनाथ विकास बैंक लिमिटेड कटारी शाखाका शाखा प्रमुख यज्ञराज कार्कीले जानकारी दिनुभयो ।


जनता भ्वाइस 







